हप्ता दिनभित्र वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन हुने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा हप्तादिन भित्र वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यलगायतको टोलीसँगको छलफलमा वरिष्ठताका आधारमा इजलास गठन गर्न उनी सहमत भएका हुन् ।
‘संवैधानिक इजलास गठन सम्बन्धमा सहमति भएको छ, संवैधानिक इजलासको नियममा नै आवश्यकताअनुसार परिमार्जन गरी वरिष्ठताको आधारमा इजलास गठन गर्ने र वरिष्ठताको आधारमा गठन गर्ने,’ शाक्यले भने, ‘यसो गर्दा उनीहरुबारे पनि स्वार्थ बाझियो वा स्वास्थ्यको कारणबाट बस्न नसक्ने भयो भने त्यसभन्दा तलको सिनियर जो छ उसलाई ल्याएर इजलास गठन गर्ने कुरामा सम्माननीय ज्यूले सहमति जनाउनु भएको छ ।’
हप्ता दिनभित्र संशोधनको प्रस्ताव ल्याई पूर्ण इजलासबाट निर्णय गराएर न्याय परिषदबाट पास गर्ने समझदारी बनेको उनको भनाइ छ । सोहीअनुसार सर्वोच्चको संवैधानिक इजलास अघि बढाइने छ ।
संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने वकिलहरूले अडान लिएपछि यसबारे इजलासमा चर्को विवाद भएको थियो ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया