हप्ता दिनभित्र वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन हुने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा हप्तादिन भित्र वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यलगायतको टोलीसँगको छलफलमा वरिष्ठताका आधारमा इजलास गठन गर्न उनी सहमत भएका हुन् ।
‘संवैधानिक इजलास गठन सम्बन्धमा सहमति भएको छ, संवैधानिक इजलासको नियममा नै आवश्यकताअनुसार परिमार्जन गरी वरिष्ठताको आधारमा इजलास गठन गर्ने र वरिष्ठताको आधारमा गठन गर्ने,’ शाक्यले भने, ‘यसो गर्दा उनीहरुबारे पनि स्वार्थ बाझियो वा स्वास्थ्यको कारणबाट बस्न नसक्ने भयो भने त्यसभन्दा तलको सिनियर जो छ उसलाई ल्याएर इजलास गठन गर्ने कुरामा सम्माननीय ज्यूले सहमति जनाउनु भएको छ ।’
हप्ता दिनभित्र संशोधनको प्रस्ताव ल्याई पूर्ण इजलासबाट निर्णय गराएर न्याय परिषदबाट पास गर्ने समझदारी बनेको उनको भनाइ छ । सोहीअनुसार सर्वोच्चको संवैधानिक इजलास अघि बढाइने छ ।
संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने वकिलहरूले अडान लिएपछि यसबारे इजलासमा चर्को विवाद भएको थियो ।










मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया