एकताको पहल भइरहेका भन्दै नेपाल पक्षका नेताको कारबाही रोकियो
मेरोन्यूज
२०७८ जेठ १८ गते १४:२८

काठमाडौँ । नेकपा एमालेले पार्टी एकताको पहल गर्न थप छलफल गर्ने भएपछि नेता माधव नेपाल पक्षका नेतालाई तत्काल कारबाही नगर्ने भएको छ । आज बसेको एमाले स्थायी कमिटीको बैठकले छलफल चलिरहेकाले तत्काल कारबाही नगर्ने भएको पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी गराए ।
उनले पार्टी एकताको पहल गर्न गठित कार्यदल पुनर्गठन नभएसम्म अन्य संयन्त्रबाट पार्टी एकताको लागि छलफल गर्ने बताए । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले ज्ञवालीले पार्टी एकताको पहल भइरहेको बताए ।
वार्ता टोलीमा रहेका कतिपय नेता कारबाहीमा परेकाले अर्को निर्णय नभएसम्म अन्य संयन्त्रबाट पार्टी एकताको पहल हुने ज्ञवालीले बताए । वार्ता टोलीमा रहेका नेपाल पक्षका संयोजक भीम रावल पार्टीको साधारण सदस्यबाटै निष्कासित भइसकेका छन् ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया