एकताको पहल भइरहेका भन्दै नेपाल पक्षका नेताको कारबाही रोकियो
मेरोन्यूज
२०७८ जेठ १८ गते १४:२८

काठमाडौँ । नेकपा एमालेले पार्टी एकताको पहल गर्न थप छलफल गर्ने भएपछि नेता माधव नेपाल पक्षका नेतालाई तत्काल कारबाही नगर्ने भएको छ । आज बसेको एमाले स्थायी कमिटीको बैठकले छलफल चलिरहेकाले तत्काल कारबाही नगर्ने भएको पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी गराए ।
उनले पार्टी एकताको पहल गर्न गठित कार्यदल पुनर्गठन नभएसम्म अन्य संयन्त्रबाट पार्टी एकताको लागि छलफल गर्ने बताए । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले ज्ञवालीले पार्टी एकताको पहल भइरहेको बताए ।
वार्ता टोलीमा रहेका कतिपय नेता कारबाहीमा परेकाले अर्को निर्णय नभएसम्म अन्य संयन्त्रबाट पार्टी एकताको पहल हुने ज्ञवालीले बताए । वार्ता टोलीमा रहेका नेपाल पक्षका संयोजक भीम रावल पार्टीको साधारण सदस्यबाटै निष्कासित भइसकेका छन् ।
सम्बन्धित










संसद् पुनःस्थापनाका लागि एमाले सर्वाेच्च जाने
कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी
छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने ८ जना पक्राउ
गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजार दिने सरकारको निर्णय
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया