जसपामा जुहारी
ठाकुर-महतो पक्ष निष्कासित भएसँगै भट्टराई-यादव पक्ष निकालिए
उहाँहरूले हामीलाई कारबाही गर्नु भयो, हामीले पनि उहाँहरूको पक्षलाई कारबाही गर्यौं

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षलाई अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले कारबाही गरेको छ ।
मंगलबार अध्यक्ष ठाकुर, नेता महतोसहित नेताहरू सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई भट्टराई र यादप पक्षले पार्टीबाट निष्कासन गरेको थियो । आफूलाई पार्टीबाट निष्कासन गरेसँगै विपक्षी पक्षलाई पनि आफूहरूले कारबाही गरेको नेता कर्णले जानकारी दिए ।
‘उहाँहरूले हामीलाई कारबाही गर्नु भयो, हामीले पनि उहाँहरूको पक्षलाई कारबाही गर्यौं,’ नेता कर्णले भने, ‘भोलि सरकारमा जाने विषयमा जे जस्तो आइपर्छ त्यहीअनुसार अगाडि बढ्छौँ ।’
आफूहरूमाथि कारबाही गरेलगत्तै ठाकुर र महतो पक्षले पनि यादव पक्षलाई पार्टीबाट निष्कासन गरेको हो ।
सरकारमा जाने विषयलाई लिएर जसपा विभाजनको संघारमा पुगेको हो । जसपाको ठाकुर र महतो पक्ष सरकरमा जाने तयारी गरिरहेको छ भने भट्टराई र यादव पक्ष प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउने पक्षमा छन्।
जसपाको कार्यकारिणी समितिमा भट्टराई र यादव पक्षको बहुमत छ ।










ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मोटोपनले अस्वस्थ महिला, कसरी बच्ने ?
भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया