नेप्सेमा लगातार दुई दिन गिरावट

काठमाडौं । बजेट आएको दोस्रो दिन ठूलो अंकले उकालो लागेको नेप्सेमा दुई दिनदेखि ओरालो लागेको छ ।
आइतबार नयाँ रेकर्ड बनाएको नेप्से सोमबार र मंगलबार गिरावट आएको हो । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक बजार परिसुचक ११ दशमलब ६८ अंकले घटेर २ हजार ७ सय ७१ दशमलब ७१ विन्दूमा आइपुगेको छ ।
मंगलबार कारोबार रकम पनि घटेको छ । विगत केही दिनदेखि कारोबार रकमले रेकर्ड बनाइरहेको थियो ।
यद्यपी मंगलबार कूल २ सय १६ कम्पनीको ९८ हजार ६ सय ७ कारोबारबाट ८ अर्ब ५९ करोड ८१ लख ६० हजार १ सय १७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ८३ हजार ३ सय ५४ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार सबैभन्दा धेरै होटल, ट्रेडिङ निर्जीवन बिमा र जलविद्युत् कम्पनीको सेयर मूल्य घटेको छ ।
बजारमा साना लगानीकर्ता घट्न सक्ने भन्दै बिक्री गर्न उत्रिएपछि त्यसको असर बजारमा परेको शेयर लगानीकर्ता नवराज अधिकारीले बताए । वर्षौंदेखि केही जलविद्युत् आयोजना घाटामा रहेका कारण सूचक घटेको उनले बताए ।
जलविद्युत् कम्पनीको वास्तविक अवस्था सार्वजनिक भएपछि साना लगानीकर्ता मध्ये कतिपयले नाफा बुक गरेका छन् भने कतिपयले घाटा खाएरै भए पनि सेयर बेच्दा बजार सूचक घट्नमा मद्दत पुगेको उनले बताए ।
यद्यपि, यसलाई ठूला र राम्रो कम्पनीको सेयर किन्ने लगानीकर्ताले सही रुपमा लिएका छन् । बजार एकोहोरो बढ्दा पनि समस्या हुन्छ । त्यही भएर कहिले घट्ने र कहिले बढ्ने गरेर अघि बढ्नुपर्छ । साना लगानीकर्ताले पनि राम्रा कम्पनी हेरेर मात्रै लगानी गर्नुपर्ने हुन्छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया