काठमाडौँ उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी
काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्यिने भएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ)को बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमण दर कम हुँदै गएको निष्कर्ष निकाल्दै थप १० दिने निषेधाज्ञा लम्ब्याउनेबारे छलफल भएको हो ।
जिल्ला प्रशासनले थप गरिएको निषेधाज्ञामा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसलका साथै बैंक तथा वित्तीय संस्था पूर्ण रूपले खुल्ने गरी सहमति भएको तर, भोलि बिहान सार्वजनिक गर्ने एक सिडिओले जानकारी दिए ।
यस्तै, प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो ।
गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा भएको थियो । पछिल्लो बैठकले आगामी दिनमा निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको हो ।
यसअघि उपत्यकामा थपिएको एक साताको निषेधाज्ञामा खाद्यान्नको पसलहरूसमेत बन्द गर्ने निर्णय भएको थियो । उक्त समयावधि जेठ २० गते मध्य राति सकिँदैछ ।
यो पनि पढ्नुहोस्















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया