कोरोनाको दोस्रो लहरसँगै कति भित्रियो विदेशी सहयोग ?

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर देखिएपछि विदेशी मुलुक तथा संघ–संस्थाबाट सहयोग आउने क्रम जारी छ । गत वैशाख १ देखि जेठ १८ सम्म विभिन्न देश, अन्तर्राष्ट्रिय संस्था, विदेशमा रहेका नेपाली संघ–संस्था तथा व्यक्तिगत रूपमा सहयोग प्राप्त भइरहेको छ ।
परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपालस्थित विभिन्न दूतावासका अनुसार नेपाललाई पछिल्लो डेढ महिनामा कति सामग्री प्राप्त भएको छ त ?
चीन
कोरोनाको दोस्रो लहर सुरु भएसँगै सबैभन्दा पहिले छिमेकी राष्ट्र चीनले ५० लाख युआन बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालसहित दक्षिण एसियाका अन्य मुलुक पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश सम्मिलित ‘भर्चुअल’ बैठकमा चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीले वैशाख १६ मा नेपाललाई उक्त रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने वाचा गरेका थिए । वैशाख २८ गते चीनको होङ्सी सिमेन्टले कोरोना रोकथामका लागि २०० अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको थियो ।
उक्त समयमा चीनबाट अक्सिजन ग्यास सिलिन्डर, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री प्राप्त भयो । सोही अनुदानअन्तर्गत नेपालले चीनबाट ३५ सय अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्री प्राप्त गरेको हो । उक्त सामग्री हवाई र स्थलमार्ग हुँदै नेपाल आइरहेको छ ।
यही जेठ १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँगको टेलिफोन संवादमा खोप सहयोग गर्न आग्रह गरेकी थिइन् । उक्त संवादलगत्तै चिनियाँ राष्ट्रपतिले नेपाललाई तत्काल १० लाख डोज खोप सहयोग गर्ने घोषणा गरेका थिए । त्यसमध्ये ८ लाख डोज मंगलबार नेपाल भित्रिएको छ । बाँकी २ लाख तिब्बत सरकारले स्थलमार्गबाट नेपाल पठाउनेछ । उक्त खोप बिहीबारसम्ममा नेपाल आइपुग्ने बताइएको छ ।
त्यस्तै एक हजार ५०० थान अक्सिजन सिलिण्डर एवम् ५ लाख २७ हजार ५०० थान एन–९५ मास्क रसुवाको टिमुर आइपुगेको छ ।
अस्ट्रेलिया
कोभिड–१९ सँग सामना गर्न अस्ट्रेलियाले पनि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भाल्कले कोरोना भाइरस रोकथामका लागि अस्ट्रेलियन सरकारका तर्फबाट नेपाललाई ७० लाख अस्ट्रेलियन डलर सहयोग गरिन् ।
स्पेन
जेठ ७ गते स्पेनले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि नेपाललाई १० लाख युरो (करिब १४ करोड नेपाली रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । स्पेनले १५ रेस्पिर्टर, १० ओटा अक्सिजन कन्सन्ट्रेटर र त्यसलाई आवश्यक अन्य सामग्री, एक लाख ४४ हजार फेस मास्क तथा एक लाख २५ हजार एन्टिजेन टेस्ट किट हस्तारण गरेको थियो ।
बंगलादेश
नेपालमा कोरोनाका जटिल बिरामी बढेपछि बंगलादेश सरकारले नेपाललाई १५ हजार ९९ भाइल रेम्डेसिभिर औषधि सहयोग गरेको थियो । वैशाख २७ गते ११ हजार ९०० र जेठ ७ गते ३ हजार १९९ भाइल रेम्डेसिभिर नेपाल आएको थियो ।
सिंगापुर
जेठ ८ गते टेमासेक फाउन्डेसन सिंगापुरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरसविरुद्ध लड्नको लागि स्वास्थ्य सामग्री सहयोग गर्यो । उक्त फाउन्डेसनले ४ हजार पल्स अक्सिमिटर, स्वाव किट ५ हजार ११५, भेन्टिलेटर २०, फरटिरुड किड्स १७५, सेनिटाइजर १ हजार थान, फेस माक्स ५० हजार, प्लस ओडोमेटर १ हजार सहयोग गरेको थियो ।
स्वीटजरल्यान्ड
स्वीटजरल्याण्डले जेठ ८ गते ८० लाख अमेरिकी डलर रबराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । ११ लाख एन्टिजेन किट, भेन्टिलेटर ८० थान, केएन–९५ मास्क १० हजार, ग्लोब ५० हजार, पिपिई १५ हजार, नर्साल कर्नवल १ हजार र अक्सिजन सिलिन्डर (फिलिप) १० थान नेपालका लागि स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।
थाइल्यान्ड
कोरोना रोकथामका लागि थाइल्यान्डले नेपाललाई दुई पटक स्वास्थ्य सामग्री सहयोग गरेको छ । परराष्ट्र मन्त्रालयकाका अनुसार जेठ २ गतेमा थाइल्यान्डको विदेश मामिला मन्त्रालयसहित थाई प्रवासी धर्मदूता भिख्खुस र थाइल्यान्डको भेरापुगोङ्ग फाउन्डेसनले नेपाललाई ४६ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको थियो । जेठ १६ गते थाइल्यान्डका राजपरिवारले दिएका स्वास्थ्य सामग्री थाई एयर फोर्सको जहाजमार्फत नेपाल आएको थियो ।
अमेरिका
गत वैशाख १७ गते अमेरिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाललाई थप ८५ लाख अमेरिकी डलर दिने घोषणा ग¥यो । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत उक्त सहयोग गर्ने गरेको थियो ।
वैशाख ३० मा अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तर्राष्ट्रिय मानवीय विपत्ति सहायता तथा नेपालका लागि नागरिक सहयोगअन्तर्गत कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री नेपाल भित्रिएको हो ।
उक्त कमान्डले अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांक खरिद गर्न गराउन थप २७ लाख ५० हजार अमेरिकी डलरबराबरको सहयोग दिएको छ । अमेरिकामा रहेको सेवा अन्तर्राष्ट्रियले पनि नौवटा प्लेटसहित १०९ अक्सिजन कन्सन्ट्रेटर, ७६० वटा अक्सिमिटर र अन्य स्वास्थ्य सामग्री वासिङ्टनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ ।
ओमान
जेठ २ गते ओमानको मस्कटस्थित नेपाली दूतावासको संयोजनमा ५६० अक्सिजन सिलिन्डर नेपाल पठाइएको थियो । अक्सिजन सिलिन्डर पठाउने क्रममा कतारमा रहेका नेपालीले ३५ लाख, बहराइनमा रहेकाले २१ लाख, ओमानमा रहेकाले १५ लाख, कुवेतमा रहेकाले १३ लाख ५० हजार , यूएईमा रहेकाले १५ लाख र साउदी अरेबियामा रहेकाले १२ लाख जुटाएका थिए ।
उनीहरुबाट संकलित पैसा ओमानमा पठाएर त्यहाँबाट सिलिन्डर खरिद गरेर नेपाल पठाइएको हो ।
अन्य
कोरोना नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनबाट अक्सिजन कन्सेन्टेटर ३१ थान नेपाल भित्रिएका छ । वान हर्ट वल्र्डवाइजबाट अक्सिजन सिलिन्डर १२५ थान, युनिसेफबाट १ लाख ५५ हजार टेस्ट किट, युएएसएआइडीबाट हाइफ्लो नसाल कानुला ३९, अक्सिजन सिलिन्डर, बिपाप मेसिन, ग्लोब्सलगायत स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् ।
सेभ द चिल्ड्रेनले ५ वटा भेन्टिलेटर र २० वाटा हाइफ्लो नसाल कानुला तथा कोरियाबाट ६ हजार २०० स्टान्डर्ड कोभिड–१९ एजी टिजी किट नेपाल आइपुगेका छन् ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया