‘भष्मासुरले देशलाई मरूभूमि, नेपालीलाई तातो तावाका माछा बनाउने भो!’

काठमाडौँ । लेखक तथा सामाजिक अभियान्ता खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको नाममा चुरे क्षेत्रलाई दोहन गर्न खोजेको आरोप लगाएका छन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा लगाए पनि चुरे क्षेत्रको दोहनबाट सर्वसाधरणको जीवनलाई तातो तावाका माछा जस्तै बनाउन खोजेको बताएका हुन् ।
‘ओलीतन्त्रले नेपाललाई समृद्धि र नेपालीलाई सुखी बनाउन चुरे शृङ्खलाका ९२ ठाउँबाट ढुंगा, गिट्टी र बालुवा भारत पठाउने भएछ,’ उनले भने, ‘भष्मासुर प्रवृत्तिको यो दुष्कर्मले त मान्यवर, नेपाललाई मरूभूमि, नेपालीलाई तातो तावाका माछा सरह बनाउने भो!, जोडजोडले विरोध बोलौँ, यो विधंशक कृत्यलाई बदर गरौैँ ।’
सरकारका अर्थ मन्त्री विष्णु पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै बजेट घाटा कम गर्न भारतलाई उत्खनन पदार्थ निर्यात गर्ने बताएका थिए । चुरे क्षेत्रको ९२ स्थानबाट ढुंगा, गिट्टी र बालुवा निकालेर भारत पठाउने सरकारको निर्णयसँगै विरोध हुन थालेको छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया