निषेधाज्ञा उल्लंघन गर्ने ३८८ पसललाई कारबाही, झण्डै २३ लाख राजश्व संकलन
काठमाडौँ । कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै चितवनमा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लंघन गरी व्यवसाय सञ्चालन गर्नेलाई कारबाही गरिएको हो ।
उनका अनुसार उनीहरूलाई हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी व्यवसाय सञ्चालन गरेका उनीहरुलाई जरिवाना गराई सम्झाएर पठाइएको उनले बताए ।
यस्तै, निषेधाज्ञाको समयमा विनाकारण बजारमा हिँड्डुल गर्ने ११ हजार ७२० जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । होल्डमा राखिएकामा मास्क नलगाई हिँड्डुल गर्ने पनि छन् । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा बजारमा देखिएका ७ हजार ७ सय सवारी साधनलाई कारबाही गरिएको छ ।
निषेधाज्ञा उल्लंघन गर्नेबाट कारबाही स्वरुप २२ लाख ९१ हजार ४ सय रुपैयाँ राजश्व संकलन गरिएको छ । कोरोना भाइरसको संक्रमणका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जारी गरिएको निषेधाज्ञा तेस्रो पटकसम्म थप गरिएको समयसमेत यही जेठ २० गते सकिँदैछ ।
कोरोना संक्रमणबाट जिल्लामा २२१ जनाको मृत्यु भएको छ भने १३ हजार ८८९ संक्रमित भएका छन् । सोमध्ये ४ हजार ८४५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।













सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य गर्न सञ्चारमन्त्रीकाे निर्देशन
Over 3,500 election police being recruited in Sunsari
खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने
सुनसरीमा तीन हजार बढी निर्वाचन प्रहरी भर्ना गरिँदै
नेपालमा २७ देखि ४६ वर्ष समूहका युवाको औसत खर्चभन्दा आम्दानी बढी
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया