यी २५ सेवा प्रदायक क्षेत्रमा हड्ताल गरे कारबाही (सूचीसहित)

काठमाडौँ । गृहमन्त्रालयले मंगलबारदेखि लागु हुने गरी अत्यावश्यक सेवा प्रदायक क्षेत्रमा आम हड्ताल गर्न नपाइने आदेश जारी गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल गर्न नपाइने आदेश जारी गरेको हो ।
मन्त्रालयले आवश्यक सेवा संचालन ऐन २०१४ को दफा ३ को उपदफा (१) मा भएको अधिकार प्रयोग गरेर सो आदेश जारी गरिएको उल्लेख छ । यसअन्र्तगत टेलिफोन सेवा, हवाईसहित यातायात सेवा, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, विद्युत सेवा, स्वास्थ्यसम्बन्धी सेवालगायत अत्यावश्यक सेवामा आम हड्ताल गर्न नपाइने आदेश जारी गरेको हो ।
यो ऐनअन्तर्गत निषेध गरिएको क्षेत्रमा हड्ताल गरेमा वा त्यसमा भाग लिएमा ६ महिनासम्म कैद वा दुई सय रूपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ । यस्तै, हड्ताल गर्न वा त्यसमा भाग लिन भाग लिन अरुलाई दुरुत्साहन गरे निजलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ऐनमा उल्लेख छ ।
मन्त्रालयले कुनै पनि बहानामा यी सेवामा अवरोध नपुर्याउन भनेको छ ।




















आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया