प्लटिङको जग्गामा पर्खाल भत्किँदा २ जनाको मृत्यु
मेरोन्यूज
२०७८ जेठ १९ गते १४:२८
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका १३ स्थित पुरानो नैकापमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको बेलुवा ८ की ३५ वर्षीया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिका ९ का २० वर्षीय टेकबहादुर चेपाङ रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जानकारी दिए ।
प्लटिङ गरेको ठाउँमा लगाइएको ढुंगाको पर्खाल लगाउने क्रमममा बुधबार बिहान पर्खाल खसेको प्रहरीले जनाएको छ । माथिबाट खसेको पर्खालले थिचेर उदयपुरको कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङको गल्छी गाउँपालिका २ का १८ वर्षीय हरि घले घाइते भएका छन् ।
उनीहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
सम्बन्धित
















शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
काभ्रेपलाञ्चोकमा वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
US Assistant Secretary Kapur pays courtesy call on Foreign Minister Khanal
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई पार्टीको पुनः समर्थन
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया