कांग्रेस नेता पौडेल पक्षको छुटै बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यको बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक घटना क्रम र पार्टीको १४ औँ महाधिवेशनका बारेमा छलफल गर्न आज दिउँसो २ बजेदेखि भर्चुअल बैठक बसेको हो ।
कोरोना महामारी र पार्टीको महाधिवेशनका विषयमा छलफल गर्न बैठक बसेको नेता पौडेलका स्वकीय सचिव चिरञ्चिवी अधिकारीले जानकारी दिए । गत जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना दिवसमा पौडेलले महाधिवेशनका लागि दुई विकल्प अगाडि सारेका थिए ।
यस विषयमा सुरुमा आफू पक्षीय नेताहरूसँग छलफल गरेर आगामी जेष्ठ २४ गते बस्ने पदाधिकारी बैठकमा औपचारिक रुपमा प्रस्ताव लैजाने नेता पौडेलको तयारी रहेको बुझिएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन बाध्यात्मक अवस्थामा पनि हुन नसक्ने परिस्थिति बनेपछि विकल्पको खोजी भइरहेको छ ।
संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न सक्ने प्रावधान रहेको छ । तर, कांग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म थप गरेको छ ।


















आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया