यस्तो आयो काठमाडौँ उपत्यकामा निषेधाज्ञाको निर्णय

काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप जेठ ३१ गतेसम्म लम्बिएको छ । थप गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुने जानकारी दिएको छ ।
काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) निषेधाज्ञा थप्नेबारे मंगलबार दिउँसो बैठक बसेका थिए । तर, बैठक नसकिएपछि आज बुधबार निर्णयहरू सार्वजनिक गरेको हो ।
थप गरिएको निषेधाज्ञाको अवधिमा मानिस भिड हुने सबै प्रकारका सभा सम्मेलन बन्द हुने, विवाह व्रतबन्धको हकमा भने बढीमा ७ जना मात्रै सहभागी हुन पाउने भएका छन् ।
गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।
अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको हो । यस्तै, सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ ।
सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधनहरू समेत बन्द भएको थियो । तर, निर्माण सामग्री राति मात्रै ढुवानी गर्न दिने निर्णय भएको छ ।




















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया