उपत्यकामा किराना पसल खुल्ने
मेरोन्यूज
२०७८ जेठ १९ गते १५:५६

काठमाडौं । किराना पसल बिहान ९ बजेसम्म खुला हुने भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेष्ठ २१ गतेदेखि किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ । जेठ १४ गतेदेखि बसेको बैठकले किराना पसलहरु पनि बन्द गर्ने तर हरियो सागसब्जी मात्र बिक्रि बितरण बिहान ९ बजेसम्म गर्न पाउँने निर्णय गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया