ढुंगा, गिट्टी, बालुवा निकासी को निर्णय खारेज गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्इक्ष पुगपकमल दाहाल (प्रचण्ड)ले ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने भन िसरकारले गरेको निर्णय खारोज गर्न माग गरेका छन् । उनले ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय भएको भन्दै त्यस्तो निर्णय खारेज गर्न भनेका हुन् ।
प्रचण्डले भनेका छन्,–‘ असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय तुरुन्त खारेज गरियोस्।’
सरकारले जेठ १५ गते अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटमा वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने नीति सार्वजनिक गरेको थियो । यसले चुरे क्षेको विनास हुने भन्दै अहिले सर्वत्र विरोध हुन थालेको छ ।
वजेटमा आलोचना बढेपछि सरारले भने चुरेको संरक्षणमा सरकार प्रतिवद्ध रहेको बताएको थियो ।
तर पनि सरकारको बजेटमा ब्यक्त धारणाले भारतको हितका लागि सरकारले यस्तो निर्णय लिएको भन्दै आलोचना बढेको छ । विरोध बढ्न थालेपछि अर्थमन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
प्रतिक्रिया