प्रतिदिन थप २१ लाख ब्यारेल तेल उत्पादन गर्ने ओपेकको निर्णय

काठमाडौं । तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक)ले प्रतिदिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस महामारीको प्रभाव कम देखिन थालेका मुलुकबाट तेलको माग बढेको र तेलको मूल्य बढेका कारण उत्पादन बढाउने निर्णयमा ओपेक पुगेको हो ।
ओपेकका सदस्य एवं तेल उत्पादक राष्ट्रका ऊर्जा मन्त्रीहरु बीच भएको अनलाइन बैठकमा यस्तो निर्णय गरेको हो ।
साउदी अरेबियाका ऊर्जा मन्त्री अब्दुलाजिज बिन सल्मानले पछिल्ला दिनहरुमा बजारमा माग बढेका कारण तेल उत्पादन बढाउने निर्णय सही देखिएको बताए । ऊर्जाको माग र आर्थिक गतिविधिको पुनःउत्थानमा अझै पनि कालो बादल देखिएको उनले दाबी गरे ।
ओपेकले मे देखि जुलाईका तीन महिनाको अवधिमा प्रतिदिन २१ लाख ब्यारेल तेल उत्पादन गर्ने यसअघि नै जनाइसकेको थियो । अब ओपेकले जुनमा प्रतिदिन २ लाख ५० हजार ब्यारेल तथा यो जुलाई महिना लाख ४० हजार ब्यारेल प्रति दिन थप उत्पादन गर्नेछ ।
साउदी अरेबियाले प्रतिदिन १० लाख ब्यारेल पुनः उत्पादन गर्नेतर्फ विचार गर्न थालेको छ । कोभिडका कारण विश्वभर तेलको माग घटेको भन्दै ओपेकको प्रमुख सदस्य साउदी अरेबियाले प्रतिदिन १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्न राजी भएको थियो ।
साउदी अरेबिया र ओपेकको सदस्य नरहेको रसियाबीच तेल उत्पादनको कोटलाई लिएर केही वर्षदेखि विवाद उत्पन्न हुँदै आएको छ । हाल कोभिडको दोस्रो लहरबाट प्रभावित भारतलगायत मुलुकका कारण तेलको खपतमा कमी आउने आशंका छ ।
तेल उत्पादक राष्ट्रहरुले गतवर्ष सन् २०२० मा कोभिडका कारण तेलको मूल्यलाई स्थायित्व दिन तेल उत्पादन कटौती गरेका थिए । अहिले परिस्थितिमा केही सुधार आएसँगै बिस्तारै तेलको उत्पादन बढाउने तर्फ उत्पादक राष्ट्र लागेका छन् ।
अहिले विश्व बजारमा तेलको मूल्यमा निकै सुधार आएको छ । संयुक्तराज्य अमेरिका, युरोप र एसियामा वर्षको मध्यदेखि ऊर्जाको माग बढ्दैछ । हवाई उडान थपिने भएकाले पर्यटकको आवागमनसँगै तेलको माग थपिने ओपेकको भनाइ छ ।
अमेरिकी कच्चा तेलको मूल्य २ प्रतिशत वृद्धि भई ६७ दशमलव ७२ डलर प्रतिब्यारेल पुगेको थियो । क्रुडको कारोबारमा पनि २ दशमलव ७ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ७१ दशमलव १७ डलर कायम भएको थियो । क्रुडको मूल्य विगत दुई वर्षको अवधिमा यो सबैभन्दा बढी हो ।
अमेरिकी कच्चा तेलको मूल्य तीन वर्षयताकै सबैभन्दा बढी हो ।
बुधबार तेलको मूल्यमा सामान्य वृद्धि भएको छ । अमेरिकी बेन्चमार्क १६ सेन्टले वृद्धि भएर प्रतिब्यारेल ६७ दशमलव ८८ डलर कायम भएको छ भने ब्रेन्ट क्रुडको मूल्य १८ सेन्टले वृद्धि भई प्रतिब्यारेल ७० दशमलव ४३ डलर पुगेको छ ।
तेलको मूल्यमा यसवर्षको शुरुदेखि हालसम्म ३० प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ ।









इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया