डा जनक कोइराला भन्छन्– संक्रमितले आफूखुसी ‘स्टेरोयड’ सेवन गर्न हुँदैन

काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँग होम आइसोलेसनमा बस्नेको संख्या पनि बढेको छ । तर होम आइसोलेसनमा बसेका कोरोना संक्रमितले रोग प्रतिरोधात्मक क्षमता बढाउन जथाभावी औषधि सेवन गरेको देखिन्छ तर चिकित्सकले त्यसरी आफुखुसी औषधि सेवन गर्न नहुने बताउँछन् ।
ज्वरो देखिए, जीउ तथा टाउको दुखेमा प्यारासिटामोल खान संक्रामक रोग विशेषज्ञ डा जनक कोइरालाको सुझाव छ । उनले भने, ‘पारासिटामोलबाहेक कोरोना संक्रमितले अरु धेरै भिटामिन, एन्टिबायोटिक खान हुदैन ।’ चिकित्सकको सल्लाहबिना ‘स्टेरोयड’ जस्ता कडा औषधि कुनै पनि हालतमा सेवन गर्न नहुने उनले बताए ।
डा कोइरालाले भने, ‘स्टेरोयडको फाइदाभन्दा धेरै नै बेफाइदा छ ।’
खोकी लागेकाले खोकीकै औषधि लिनु पर्छ । तातोपानीको बाफ लियो भने पनि खोकी कम हुन उनको भनाइ छ । श्वासप्रश्वासमा गाह्रो भएमा वा अक्सिजनको कमी देखिएमा तुरुन्त अस्पताल जान उनले सुझाव दिए ।
















नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया