पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा निर्वाचित भीष्मराज आङदेम्बेलाई प्रमुख प्रतिपक्षी दलको नेताको जिम्मेवारी ऐतिहासिक र महत्त्वपूर्ण बनाउन शुभकामना दिएका छन् ।
सोमबार सर्वसम्मत दलको नेता भएका आङ्देम्बे सोमबार बेलुकी खड्कालाई भेट्न खड्का निवास गोल्फुटार गएका थिए । तर, खड्काले मंगलबारमात्रै सामाजिक सञ्जाल एक्समा भेटवार्ताको तस्बिर सार्वजनिक गरेका छन् ।
आफूलाई भेट्न पुगेका आङ्देम्बेलाई शुभकामना दिँदै खड्काले संसद्को समग्र प्रक्रियामा भूमिका सशक्त बनाउन सुझाए । खड्काले एक्समा भेटको फोटो राख्दै लेखेका छन्, ‘निवर्तमान सहमहामन्त्री, नेपाली कांग्रेसका नेता, मेरा मित्र–प्रिय भाइ मा. भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेता सर्वसम्मत रुपमा निर्वाचित हुनुभएकोमा हृदयदेखि नै हार्दिक बधाईसहित कार्यकालको पूर्णसफलताको शुभकामना व्यक्त गर्दछु ।’
यसपटकको संसद्को संरचनामा कांग्रेस दोस्रो ठूलो राजनीतिक दलको रुपमा उपस्थित भएकाले संसद्को समग्र प्रक्रियामा आङ्देम्बेको भूमिका प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा ऐतिहासिक र महत्वपूर्ण रहने खड्काको विश्वास छ ।
















नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया