नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन् गर्ने जेसीबी, टिप्पर र ट्याक्टर नियन्त्रणमा

बाँके । बर्दियामा नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन गरी ओसारपसार गरेको अभियोगमा जेसीबी, टिप्पर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
बारबर्दिया नगरपालिका–२ लठुवाघाटस्थित बबई नदीमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा ३ वटा ट्रिप्पर, १ वटा जेसीबी र १ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
यसैबीच, बाँकेको नेपालगन्ज भन्सार कार्यालयमा राजस्व सङ्कलन गत वर्षको तुलनामा वृद्धि भई रु १७ अर्ब ८० करोड सङ्कलन भएको छ । नेपालगन्ज भन्सार कार्यालयका बाँकेका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार यस आर्थिक वर्षमा सरकारले रु १८ अर्ब लक्ष्य तोकेको थियो ।
गत आर्थिक वर्षमा रु १५ अर्ब १८ करोड सङ्कलन भएको थियो । नेपालको सबैभन्दा बढी राजस्व सङ्कलन हुने सिमा नाका नेपालगन्ज भन्सार कार्यालय बाँके हो । यसलाई मुलुकको आयात–निर्यातहरु नियन्त्रण गर्ने अन्तराष्ट्रिय ठूलो व्यापारिक केन्द्र मानिन्छ । कोरोना महामारीको प्रतिकूल समयमा पनि भन्सार चुहावट हुन नदिइ सङ्कलन गराइएको भण्डारीले बताए ।









यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
प्रतिक्रिया