ललितपुरका सिडियाेले दिए यस्ताे आदेश

काठमाडाैं । कोभिड१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुलो पार्दै १० दिनका लागि थपिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले केही खुकुलो पार्दै उक्त निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी डुण्डीप्रसाद निराैलाले जानकारी दिए ।
यही जेठ २१ गते बिहान १ बजेदेखि ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधाज्ञाको आदेशमा किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने उल्लेख छ । यसअघि पसल सञ्चालनमा रोक लगाइएको थियो । उपत्यकामा गत वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ ।
यसपालि भने तरकारीलगायत किराना पसल, खाद्यान्न, तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ । अनलाइनबाहेकका शैक्षिक गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवा दिने बाहेकका कार्यालयका सेवा स्थगन गरिएको छ । अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि आवासीय रुपमा श्रमिकलाई राखी स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न सकिने छ । यसअघि उक्त कार्यमा समेत रोक लगाइएको थियो ।
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया