बुधबार, वैशाख ९, २०८३

नेपाल – खनाल पक्षले बोलायो केन्द्रीय समितिको बैठक

बिहान ११ बजे बस्दै

मेरोन्यूज २०७८ जेठ २० गते ७:४१

Advertisement
NiccNicc

काठमाडौं । झलनाथ खनाल- माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक बस्दैछ । पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न आज बिहान ११ बजे भर्चुअल रुपमा बैठक बोलाइएको नेपाल पक्षका एक नेताले बताए ।

जनसंगठनको  बुधबारको भर्चुअल बैठकमा नेता नेपालले पार्टी एकताको पक्षमा आफू पनि रहेको बताउँदै ६ बुँदे प्रस्ताव कार्यान्वयन भए अझै पनि पार्टी एकता हुनसक्ने जिकिर गरेका थिए।

बैठकका सहभागीले दोस्रो पुस्ताका कतिपय नेता अझै वार्तामा अल्झिएको भनेर आक्रोश पोखेका थिए। उनीहरूले नेता नेपाललाई वार्ताको नाममा धेरै अलमल नगर्न भनेका थिए ।

प्रतिक्रिया