आइतबार, जेठ ४, २०८२

कोरोना निको भएको ३ देखि ४ सातामा देखिन सक्छ कालो ढुसीको समस्या

यस्ता व्यक्तिमा बढी जोखिम

मेरोन्यूज २०७८ जेठ २० गते ८:१४

काठमाडौं ।केही दिन यता भारतमा कोरोना निको भएकाहरुमा देखिएको कालो ढुसी अर्थात ब्लाकं फङ्गल्सको समस्या नेपालमा पनि १० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले कोरोना संक्रमण भई उपचाररत र निको भएका दश जनामा कोलो ढुसीको संक्रमण भएको बताए। यो संक्रमण कमै मात्र देखिने तर संक्रमण गम्भीर भए प्राणघातक समेत हुन सक्ने उनले जानकारी दिए।
कोला ढुसीको संक्रमण भएका बिरामीहरुमा ज्वरो निरन्तर आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने लगायत लक्षण देखिने मन्त्रालयले जनाएको छ। यो समस्या कोरोना निको भएको तीनदेखि ४ हप्तामा देखिने उनले जानकारी दिए । यो एक व्यक्तिबाट अर्को व्यक्ति भने नसर्ने उनले बताए। 

यस्ता व्यक्तिमा कालो ढुसीको जोखिम बढी
– ४५ देखि ६५ उमेर समूह
– धेरै प्रकारका एन्टीबायोटिक वा स्टेरोइड औषधीको लामो समयसम्म प्रयोग गर्नेहरु
– मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु

कालो ढुसीको समस्याबाट होम आइसोलेसनमा बस्दा अपनाउन सकिने रोकथामका उपायहरु
– सफा र सुख्खा मास्क प्रयोग गर्ने,भिजेको मास्कको प्रयोग गदै नगर्ने
– घर बाहिर वा फोहरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने।
– धेरै धुलो भएको र ओसिलो ठाउँमा नजान।

– पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने।
– जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने।
– नुनिलो पानीले नाक सफा गर्ने

– नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने।
– मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रणमा राख्ने।
– स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने।

प्रतिक्रिया