बुधबार, मंसिर ३, २०८२

एमाले स्थायी कमिटी बैठक बस्दै, होला त नेपालपक्षका नेतालाई कारबाही ?

मेरोन्यूज २०७८ जेठ २० गते १४:०८

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बैठक बस्ने भएको हो । बुधबार स्थगन गरिएको बैठक आज बस्न लागिएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा पार्टीको आन्तरिक राजनीतिबारे छलफल हुनेछ । एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक लगातार बस्दै आएको छ । आज बस्ने एमालेको बैठकले पार्टीबाट निस्कासन गरिएका नेता नेपालपक्षका १२ नेतामाथि कारबाहीका विषयमा पनि छलफल हुने बुझिएको छ ।

यता आजै पार्टीका नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको बैठक पनि बसिरहेको छ ।

प्रतिक्रिया