साथीलाई गोली प्रहार गरी फरार भएका ४ जना पक्राउ
प्रहरीद्वारा ४ थान भरुवा बन्दुक बरामद

काठमाडौँ । शिकार खेल्न जाँदा साथीलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मोरङले अवैध हातहतियार सहित ४ जनालाई पक्राउ गरेको ।
पक्राउ पर्नेमा केराबारी गाउँपालिका ३ बस्ने ४४ वर्षीय डिक बहादुर राई, ३६ वर्षीय बुद्धबिर लिम्बु, १९ वर्षीय राम प्रसाद राई र लेटाङ नगरपालिका १ बस्ने १९ वर्षीय विपन लिम्बु रहेका छन् ।
प्रहरीका अनुसार केराबारी गाउँपालिका ३ बस्ने ३२ वर्षीय हस्त कुमार राईको दाहिने कुममा गोली लागि मृत अवस्थामा फेला पारेका थिए । राईको हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।
गत बैशाख ८ गते साँझ केराबारी गाउँपालिका ३ बस्ने ३२ वर्षीय हस्त कुमार राई, २६ वर्षीय रुबिन लिम्बु र ३७ वर्षीय गजेन्द्र बहादुर राईसहित १० जना बाँसघारी खोप सरकारी राष्ट्रिय बन तर्फ शिकार खेल्न गएका बताइएको छ । राति ९ बजे शिकार खेल्न गएका मध्य गजेन्द्र राईले प्रहार गरेको गोली हस्त वहादुर राईको दाहिने कुममा लागेर मृत्यु भएको आशंका गरिएको छ ।
उक्त घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले गत वैशाख ९ गते १ थान भरुवा बन्दुक सहित रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई घरबाट पक्राउ गरेको थियो ।
बुधबार १९ गते उक्त घटनामा फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरेर उनीहरुविरुद्ध ज्यान सम्बन्धी र हातहतियार खरखजना कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीले केराबारी गाउँपालिका वडा नं.३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनबाट ४ थान भरुवा बन्दुक बरामद गरेको हो ।
यस भटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
















१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया