एमाले र सीपीसीबीचको सम्बन्ध प्रान्तीयसम्म विस्तार गर्नुपर्छ : पोखरेल

काठमाडौं । नेकपा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई प्रान्तीय तहसम्म विस्तार गर्न नेकपा एमालेका नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले प्रस्ताव गरेका छन् ।
बिहीबार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका मुख्य राजनीतिक दलका युवा नेताहरूसँग गरेको वेभिनार बैठकमा नेपालको तर्फबाट प्रमुख वक्ता रहेका पोखरेलले दुई पार्टीबीचको सम्बन्धलाई केन्द्रबाट तलसम्म विस्तार गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेपालको कम्युनिष्ट गतिविधिको अनुभवबाट सिकेका, सीपीसी र नेकपा एमालेले नेपालको विकास आन्दोलन र वैचारिक मित्रताको सुदृढीकरणका लागि एकसाथ काम गर्नुपर्दछ। साझेदारीले केन्द्रीदेखि प्रान्तीय तहसम्म विस्तार गर्नुपर्दछ।’ पाकिस्तान, मलेसिया, श्रीलंका र नेपालको युवा नेताहरूसँग सीपीसीले महामारीको बेला युवा उद्यमशीलता र व्यवसायिक विकासको बारेमा छलफल आयोजना गरेको हो ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया