लगातार दुई दिन शेयर बजारमा उत्साहा

काठमाडौँ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन पनि उकालो लागेको छ ।
बजार परिसुचकमा कारोबारको अन्तिम दुई दिन लगातार उकालो लागेको हो । बिहीबार वाणिज्य बैंक, फाइनान्स कमपनी र विकास बैंक चम्किँदा सेयर बजारमा हरियाली समेत छाएको स्टक एक्सचेञ्जले जनाएको छ ।
बजार परिसुचक २९ दशमलब ५५ अंकले उकालो लागेर २ हजार ८ सय ५६ दशमलब ६७ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १ दशमलब ५ प्रतिशतले बढी हो ।
कूल २ सय १८ कम्पनीको १ लाख ५५ हजार ६ सय ५५ कारोबारबाट १६ अर्ब ९० करोड ७० लाख २० हजार २ सय ८६ रुपेयाँ बराबरका ३ करोड ४६ लाख ९१ हजार ३ सय १२ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
बिहिबारको कारोबारमा बैंकतिर लगानीकर्ता आकर्षित हुन थालेकाले सुधार देखिएको हो । केही समय वर्षौसम्म केही नदिने जलविद्युत्मा झुम्मिएका लगानीकर्ता आज विकास तथा बाणिज्य बैंकतिर पाइला चालेको पाइएको छ ।
सचेत लगानीकर्ता बैंकमा फर्किँदा बजारमा उक्त समूह सूचकको सेयर मूल्यमा उछाल आएको छ । खासगरी, वाणिज्य बैंक तथा विकास बैंकमा लगानीकर्ता आकर्षित हुन थालेका छन् ।
बैंकहरुले आम्दानी बढाएको र प्रतिफल पनि राम्रो दिने देखिएपछि केही समयदेखि जलविद्युत्मा झुमिएका लगानीकर्ता विस्तारै बैैंकिङ समूहतिर सिफ्ट भएका हुन् ।
सोझा लगानीकर्तालाई महँगो मूल्यमा सेयर बेचेर नाफा लिए पछि सचेत लगानीकर्ता बैंकतिर लाग्दा बजारमा त्यसको सकारात्मक देखिएको हो ।
लगानीकर्ताले कम्पनीको वास्तविक वित्तीय अवस्था नहेरी सेयरमा लगानी गर्दा राम्रा कम्पनीको सेयर मूल्य बढ्न सकेको थिएन ।









विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
प्रतिक्रिया