आइतबार, जेठ ४, २०८२

नेपाल पक्षको बैठक जारी

आगामी कदमबारे छिट्टै निर्णय लिन खनाल-नेपाललाई नेताहरुको सुझाव

बैठकमा धारणा राखिरहेका नेताहरुका यस्ता सम्म छन् सुझाव

मेरोन्यूज २०७८ जेठ २० गते १७:०९

काठमाडौं । आफ्नै समुहका नेताहरुका मध्यमार्गी धारणाका कारण अप्ठ्यारोमा परेका माधव नेपालले अवको कदमका बारेमा आफु निकटका केन्द्रीय सदस्यहरुसँग ‘भर्चुअल’ सम्वाद गरिरहेका छन् । अध्यक्ष केपी ओलीले स्थायी समिति बैठक राखेर आफुसहित ११ नेतालाई पार्टी सदस्य समेत नरह्ने गरी निश्कासन गरेपछि नेपाल समुह अव के गर्ने ? भन्नेमा निर्णायक छलफलमा छ ।

ओलीसग अव मिल्न नसक्ने र नयाँ पार्टी निर्माण गरेर जाने करिव निश्कर्षमा पुगिसकेका नेपाललाई पछिल्लो चरण आफ्नै समुहका नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले ओली र ओली निकटका नेताहरुसँग सम्वादमा बस्न थालेपछि झस्काएको थियो ।

ओलीले समुहमा होइन, ब्यक्तिगत सम्वाद गरी समस्या समाधान गर्ने यस अगाडी देखि नै भनिरहेको र आफ्नै समुहका प्रभावशाली नेताहरु अझै पनि एकताको सम्भावना छ भन्दै ओली निकटका नेताहरुसँगको सम्वादमा बस्न थालेपछि नेपाल समुहमा दवाव बढेको थियो ।

ओलीले आफ्नो समुह छिन्नभिन्न पार्ने देखेपछि पछिल्लो स्टेपका बारेमा छलफल गर्न नेपालले आज केन्द्रीय सदस्यहरुको भचुअल बैठक डाकेका हुन् ।

बैठक अहिले पनि जारी छ ।
बैठकमा नेता नेपालले पछिल्लो राजनीतिक घटनाक्रम, संस्थापन पक्षका नेताहरुसँग भएको संवादबारे ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री ओली अव सच्चिने सम्भावना नरहेको र उनले कार्यदलकै संयोजक रहेका भीम रावललाई कारवाही गरेर पार्टीबाट समेत निकालिसकेपछि उनीसँगको सम्वादको अर्थ सकिएको बताएका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार नेता नेपालले पार्टी एकताका लागि आफुले ६ वुँदे प्रस्ताव राखेपनि त्यसलाई ओलीले नटेरेको र अहिले झन संसद विघटन गरेर प्रतिगमन को दोस्रो श्रृंखला शुरु गरेकोले ओली अव सच्च्निे दिशामै नरहेको धारणा राखेका थिए ।

आफु कमजोर बनेपछि ओलीले वार्ताको नाटक मञ्चन गर्ने गरेको र अहिले फेरि त्यस्तै नाटक गरिरहेको नेता नेपालको भनाई थियो । नेपालले भने अव बालुवा पेलेर तेल ननिस्कने भन्दै वार्ताको क्रममा रहेका नेताहरुलाई पनि भ्रमवाट मुक्त हुन आग्रह गरेका थिए । नेता नेपालले भनेका थिए ,–‘अझै केही कमरेडहरु वार्ता, संवाद गरौं भनेर पनि सुझाव राख्नु भएको छ । तर पार्टी एक हुने सम्भावना कम देख्छु । अब नयाँ कदम चाल्नुपर्छ भन्ने धेरै साथीहरुको सुझाव छ ।’


नेता नेपालले पछिल्लो घटनाक्रमका बारेमा राखेपछि अर्का नेता झलनाथ खनाल बोलेका थिए । खनालले प्रधानमन्त्री ओलीमा विचार सून्यता देखिएको र पार्टीमा विचार नरहेपछि संगठन जतिसुकै ठूलो भएपनि काम नलाग्ने धारणा राखेका थिए । खनालले अध्यक्ष ओलीको जालझेलमा फस्न नहुने भन्दै नयाँ पार्टी गठनमा ढिलाइ गर्न नहुने बताएका छन् ।


‘पार्टीभित्र समस्या हुँदैमा तपाईंहरू निराश हुनुपर्ने अवस्था छैन । दक्षिणपन्थी भासमा लागेका ओलीले पार्टीलाई ध्वस्तै बनाउनेछन् । त्यसैले उनको जालझेलमा हामी फस्नुहुँदैन,’ खनालले बैठकमा ब्यक्त गरेको भनाई उदधृत गदै एक केन्द्रीय सदस्यले मेरोन्यूजसँग भने,–‘ ‘हामीमाथीको यो ओली गुटको कारबाही हो । हामीले बनाएको पार्टीबाट हामीलाई नै निष्कासन गर्ने कुरा हास्पास्पद छ । हामी कम्युनिस्ट आन्दोलनबाट विचलित भएका छैनौँ, नाम जे पनि हुनसक्छ । हामीले क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्छ । अव अलमल गरेर जानु हुदैन ।’

बैठकमा ओली र ओली पक्षका नेताहरुसँगको सम्वादमा रहेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्ट पनि सहभागी छन् ।

उनीहरुले ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीसँग माधव नेपाल र झलनाथ खनाल कारवाहीमा परेपछि पनि मध्यरातसम्म दुई पटक सम्म वार्ता गरेका थिए ।

नेपालले केन्द्रीय समिति बैठक बोलाएपछि यी चार नेताले सुरेन्द्र पाण्डेको निवासमा छलफल गरेर बैठकमा सहभागी हुने निर्णय लिएका थिए ।
बैठकमा चार नेतामध्ये दुई नेताले आफनो धारणा राखिसकेका छन् । ‘घनश्याम र सुरेन्द्रले बैठकमा धारणा राखिसक्नुभयो, उहाहरुले पनि ओलीले वार्ताका नाममा जालझेल गर्न सक्ने विषयमा आफुहरु पनि सचेत र चनाखो रहेको धारणा राख्नुभएको थियो,’– ति नेताले भने ।

ति नेताका अनुसार, नेता पाण्डे र भुषालले पार्टी मिलाउन सकिन्छ भने सम्वाद गरौं, सम्वाद गदैमा के विग्रिहाल्ला भन्ने भएपछि वार्तामा वसेको तर वालुवाटारले अलमलाउन खोजेको अनुभूति भएको धारणा राखेका थिए ।

‘ओली पक्षबाट वार्तामा बसौं भन्ने कुरा आयो । पार्टी मिल्छ भने संवाद गर्दैमा केही बिग्रिदैन भनेर हामीले पनि प्रयास गर्यौ र बस्यौँ तर प्रयोग गर्न खोजेको जस्तो अनुभुति भयो,’ सुरेन्द्र पाण्डेको भनाई उदधृत गदै ति केन्द्रीय सदस्यले भने ।

भुषालले भने यत्रो आन्दोलन यत्तिकै किन विघटन हुन दिने भन्ने हामीलाई लाग्यो, केपी ओलीका तर्फबाट पनि निरन्तर बसौं भनिएकाले अनौपचारिक वार्तामा बसेको जानकारी भचुअल बैठकमा गराएका थिए । ‘हामी अनौपचारिक छलफलमा बसेका हौं, तर, यसलाई बालुवाटारले दाउपेचको रुपमा प्रयोग गरेको हो कि भन्ने हामीलाई पनि लागेको छ- भुषालले भनेका थिए ।

बैठकमा भुसालले दुई पक्षबीचका वार्ता र छलफलका विषय गोप्य राख्ने सहमति भएको तर ओलीपक्षले त्यसलाई दाउपेचका रुपमा बाहिर ल्याएको र उल्टो आफूहरुलाई आफ्नै समूहमा समस्यामा पार्न खोजेको वताएका थिए ।

‘अझै पनि दुइ चार दिन हेरौं, त्यसपछि पनि भएन भने हामी आफ्नो तरिकाले अगाडि बढ्ने त छँदैछ। त्यतिञ्जेल पहल गरेर पार्टी जोगाइयो भने धेरै कुरा गर्न सकिन्छ की त ?’ भुषालको भनाई थियो ।

तर बैठकमा नेता भीम रावलले भने ओलीले झुक्याईरहेको र अझै पनि झुक्किन खोज्ने साथीहरुलाई आफनो भन्नु केही नरहेको वताएका थिए । रावलले भने,-अहिले ओली समूहसँग के आधारमा सम्वाद हुन्छ ? वार्ता टिमको संयोजक म , मलाई नै कारवाही गरेपछि कुटनीतिक रुपमा त्यसको औचित्य सकिएको छ । उनीहरुले दिएको सन्देश नै यही हो । तर, पनि जाऔं छलफल गरौं भनेर अनौपचारिक रुपमा केही साथीहरुले छलफल गर्नुभएको मैले पनि सुनेको छु। यसले कही पुराउदैन । ओलीले हामीभित्रै खेल्न र छिन्नभिन्न पार्न मात्र खोजेका हुन् ।’

बैठकमा अहिले मुख्य मुख्य नेताहरुले धारणा राखिरहेका छन् । अधिकाशंले जे निर्णय लिनुपर्ने हो त्यसमा ढिलाई गर्न नहुने सुझाव दिईरहेको ति नेताले बताए ।

संसदमा ४३ जना थियौं, ओलीले वार्ताका नाममा अलमलाउने गदै लगेर अहिले २३ मा झारिसके, केन्द्रीय समितिमा पनि कमजोर बनाउने खेल जारी छ ।’ अधिकाशं नेताको भनाई थियो,–एकताका लागि वार्ता गर्ने हो भने पनि टाइमलाइन वनाऔं, कित दिनसम्म पर्खने भनेर नभए पार्टी नयाँ बनाएर जाऔं । अव अलमल नगरौं ।’

नेता नेपालले एकचरण नेताहरुका सबैका कुरा सुन्ने र अन्तिममा आफ्नो धारणा फेरि सुनाउने वताएका छन् । बैठक अहिले पनि जारी रहेको ति नेताले बताए ।

प्रतिक्रिया