प्रदेश २ का मुख्यमन्त्रीको केन्द्र सरकारलाई चेतावनी
बजेट बक्तब्य सच्चाउ, अन्यथा प्रदेश सरकारले आवश्यक निर्णय लिन्छ : मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारको बजेट वक्तब्य सच्चाउन चेतावनी दिएका छन् । गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने र ब्यापार घाटा कम गर्ने भनी केन्द्र सरकारले बजेटमा ल्याएको घोषणाप्रति प्रदेश सरकारका मुख्यमन्त्री राउतले कडा असन्तुष्टि जनाएका हुन् ।
निर्णय फिर्ता लिन केन्द्र सरकारलाई उनले आग्रह गरेका छन् । अन्यथा चुरे संरक्षणका लागि प्रदेश सरकारले आवश्यक निर्णय लिने उनले चेतावनी दिएका छन् ।
वातावरणीय प्रभाव मुल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, वालुवा निकासी गरी ब्यापार घाटा न्यूनीकरण गर्ने भन्दै सरकारले बजेट वक्तब्यमा त्यस्तो घोषणा गरेको थियो ।
यस्तो निर्णयले तराईको चुरे क्षेत्र बिनास हुने र मरुभूमिमा परिणात हुने भन्दै विपक्षी राजनिितक पार्टी, वातावरणविदहरुले विरोध जनाउादै आएका थिए ।
प्रदेश २ का मुख्यमन्त्रीले पनि अहिले वक्तब्य नै दिएर केन्द्र सरकारलाई निर्णय सच्चउन भनेको हो । राउतले बिहीबार वक्तव्य जारी गर्दै सरकारको घोषणालाई अदूरदर्शी निर्णय भनेका छन् । यो निर्णयले देशकै अन्न भण्डारका रुपमा रहेको प्रदेश दुई मरुभूमिकरण बन्ने राउतको भनाई छ ।










बेतन कर्णाली जलविद्युत परियोजनाको लागि ९३ अर्ब लगानी स्वीकृत
सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्- संसद पुनःस्थापनको कुरा गर्नु अराजकता
हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियाे १४८ रनको लक्ष्य
सिमरामा भएको घटना संवेदनशील : रास्वपा
एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया