खनाल-नेपाल समूहको केन्द्रीय समिति बैठक भोलि पनि, आज ४३ नेताले धारणा राखे
पार्टी युवापुस्ताको काँधमा दिन झलनाथ खनालकाे प्रस्ताव
काठमाडाैं । सत्तारूढ दल नेकपा (एमाले) काे झलनाथ खनाल-माधवकुमार नेपाल पक्षाकाे केन्द्रीय कमिटीकाे बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम नसकिएपछि भाेलि पनि बैठक बस्ने भएकाे छ ।
भर्चुअल माध्यमबाट भएकाे उक्त बैठकमा आज ४३ जना नेताहरुले सुझावसहितका धारणा राखेका थिए । बैठक भोलि बिहान ११ बजेबाट फेरि शुरू हुने एक नेताले जानकारी दिए ।
आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टी युवापुस्ताको काँधमा दिन तयार रहेको बताएका थिए । उमेर पुगेकालाई बिदा गरेर नयाँ युवा पुस्ताले आन्दोलन जोगाउने गरी नेतृत्व लिएर हिँड्न उनले आग्रह गरेको थिए ।
बैठकमा बाेल्ने अधिकांश नेताले ओलीले वार्ताका नाममा अल्झाउन खोजेको हो भन्ने धारणा राखेका थिए । उनीहरूले अब छुट्टै पार्टी बनाएर अघि जानुपर्नेमा नेतृत्व तयार हुनुपर्नेमा जाेड दिएका थिए ।
बैठकमा ८८ जना नेताहरु सहभागिता रहेकाे थियाे । बैठकमा पार्टी संस्थापन पक्षसँग संवादमा रहेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गाकेर्ण विष्ट पनि सहभागी थिए ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया