खनाल-नेपाल समूहका चार नेताले भने- ओलीसँग मिल्ने भए राजनीतिक स्वत्व बाँकी रहँदैन
पार्टीमा विद्रोह गर्ने हजाराैँ कार्यकर्ता तयार भएको बेलामा त्यसलाई तुहाइदिने ?

काठमाडाैं । विभाजनकाे संघारमा पुगेकाे नेकपा (एमाले)काे झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जाने सम्भावना नरहेकाे ठहर गर्दै ओलीसँग मिल्ने भए खनाल-नेपाल समूहकाे राजनीतिक भविश्य समाप्त हुने बताएका छन् ।
आज वरिष्ठ नेताहरूलाई ध्यानाकर्षण पत्र लेख्दै जगन्नाथ खतिवडा, विजय पाैडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले आफ्नो एजेण्डा छोडेर नैतिक र वैचारिकरुपले घरको न घाटको बन्ने दिशामा हिँड्न थाल्ने हाे भने आफूहरूकाे राजनीतिक स्वत्व बाँकी नरहने भन्दै ओलीसँग छुट्टिनुपर्ने बताएका हुन् ।
उनीहरूले भनेका छन्- ‘केपी ओली नेतृत्वको सरकार आज संकटमा परेको छ । उनको लोकप्रियता समाप्त प्रायः छ । देशभित्रको राननीतिक शक्ति सन्तुलन उनको विपक्षमा गइरहेको छ । तसर्थ उनी विदेशी शक्तिको आडमा टिकिरहेका छन् । उनीहरुको स्वार्थका लागि काम गरिरहेका छन् र स्वदेशी तथा विदेशी दक्षिणपन्थीको प्यादा बनेर देशको संविधानमाथि आक्रमण गरिरहेका छन् भन्ने विश्लेषण हाम्रो विचार समूहकै साझा ठहर हो भन्ने देशभरिकै कार्यकर्तालाई जानकारी छ । उनी र उनका समर्थकहरु यतिबेला प्रतिगमन र देशघातको नेतृत्व गर्दैछन् । यति गम्भीर पक्षहरू जान्दा जान्दै उनको अपराधजन्य कार्यहरुलाई ढाकछोप गर्ने गरी कुनै बहानामा जोगाइदिने, पार्टीमा विद्रोह गर्ने हजाराैँ कार्यकर्ता तयार भएको बेलामा त्यसलाई तुहाइदिने, अब केपी ओलीसँग मिल्न सकिँदैन भनेर निष्कर्ष निकाली अन्य राजनीतिक दलसँग सहकार्यको थालनी गरेको दिनदेखि नै घात गर्न थाल्ने कार्यले हामीप्रतिको विश्वसनीयता र व्यक्तित्वलाई मात्र समाप्त गर्दैन, समग्र राजनीतिलाई झन दूषित बनाउने समूहको रुपमा चित्रित हुनेछौँ । हामी आफैं आफ्नो एजेण्डा छोडेर नैतिक र वैचारिकरुपले घरको न घाटको बन्ने दिशामा हिँड्न थाल्यौँ भने हाम्रो राजनीतिक स्वत्व बाँकी रहँदैन ।’



















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया