डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र

लण्डन । लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो ।
समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन् । यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि नेपालमा नयाँ संस्करणको भेरियन्ट उत्पत्ति भएको भन्ने समाचारको खण्डन गरिरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसका साथै दूतावासले डेलीमेललाई पत्र पठाएर आधारहीन समाचारलाई खण्डन गर्न र यसलाई सच्याउन अनुरोधसमेत गरेको विज्ञप्तिमा जनाइएको छ ।
विश्व स्वास्थ सङ्गठनले बिहीबार नै ट्वीटर ह्याण्डलमार्फत सार्स–कोभ–२ को तीन किसिमका भेरियन्ट फेला परेको र नेपालमा हाल डेल्टा मात्र पाइएको भनेको छ । साथै नयाँ किसिमको कुनै पनि भेरियन्ट भने फेला नपरेको उल्लेख गरेको छ ।









आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया