ओलीले सोधे सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहलाई ४८ घण्टे स्पष्टीकरण

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् । बिहीबार अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेको एमाले प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।
यसअघि शाहलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको थियो ।एमालेको जेठ १० गते बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाइ दिएको समर्थन फिर्ता लिएको थियो । त्यस्तै, प्रदेश सरकारमा रहेका तत्तकालीन तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो । तर, केन्द्रको निर्देशन अटेर गर्दै प्रदेश संसदीय दलले सरकारबाट फिर्ता नभएर मन्त्री थप गरेको थियो ।
शाहलाई पार्टी केन्द्रले समर्थन फिर्ता लिइसकेको अवस्थामा विपक्षी दलको सरकारमा किन मन्त्री रहको भन्ने सोधिएको छ । त्यस्तै, गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गरेको स्पष्टिकरणमा आरोप लगाइएको छ । शाहलाई एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधानको आधारमा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन निष्कासन नगर्ने भन्दै ओलीले चित्तबुझ्दो जवाफ मागेका छन् ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया