संकटमा प्रदेश २ सरकार
विमलेन्द्रसँग उपेन्द्रको तीन घण्टा भेटवार्ता, सकेनन् फकाउन
विमलेन्द्रको प्रस्ताव : मुख्यमन्त्री हामीलाई दिनुस्, उपेन्द्रको जवाफ : मुख्यमन्त्री छोड्नुस, अरु मन्त्रालय रोज्नुस्

काठमाडौं । प्रदेश २ को सरकारका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भन्दा फरक अडान लिइरहेका कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई फकाउन जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव निधिकै निवास पुगेका छन् । बिहान ९ बजेदेखि निधि र उपेन्द्रबीच तीन घण्टा लामो संवादमा प्रदेश २ को सरकार गठनका विषयमा भएको छ ।
पार्टीमा आएको विभाजनले प्रदेश २ को जसपाको सरकार संकटमा परेको छ । त्यहाँ जसपाका उपेन्द्र यादव पक्षका लालबाबुर राउत मुख्यमन्त्री छन् । तर, महन्थ पक्षले साथ छोड्ने बित्तिकै राउत नेतृत्वको सरकार अल्पमतमा पर्ने छ ।
आफ्नो पक्षका नेताको सरकार अल्पमतमा पर्ने देखेपछि यादव कांग्रेसको साथ खोज्दै निधिको निवास पुगेका हुन् । उपेन्द्रले केन्द्रमा जस्तै एमालेको ओली नेतृत्वको गठबन्धनका विरुद्ध आफूहरूको गठबन्धन जोगाउनु पर्ने र प्रदेशमा आफूहरुको नेतृत्वमा रहेको सरकारलाई कांग्रेस र माओवादी केन्द्रले साथ दिनुपर्ने मत राख्दै आएका छन् ।
माओवादी उपेन्द्रको त्यस्तो प्रस्तावमा सकारात्मक देखिए पनि कांग्रेसमा भने यस विषयमा सभापति देउवा र उपसभापति निधिका बीचमा विवाद देखिएको छ । निधिले केन्द्रको समीकरण एउटा बने पनि प्रदेशमा आफूहरुलाई नेतृत्व दिन जुनकुनै दल सहमत भए उसैसँग मोर्चा बनाएर सरकार गठनको प्रयास गर्नु पर्ने पक्षमा छन् ।
कांग्रेसका प्रदेश संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउन महन्थ ठाकुर पक्ष र एमालेको ओली पक्ष तयार भए पनि उनीहरुसँगै गठबन्धन बनाएर जानु पर्नेमा निधि उभिएका छन् । यता मंगलबार उनको देउवासँग यसै विषयमा कुरा मिलिरहेको छैन । मंगलबार, बुधबार र बिहीबार निधिले सभापति देउवालाई यस विषयमा अडान नछोडने बताइरहेका छन् ।
यो पनि पढ्नुहोस् : प्रदेश-२ सरकारबारे कांग्रेस सभापति देउवा र उपसभापति निधिबीच बाँझाबाँझ
देउवा र निधिका विषयमा यस विषयमा बिहीबार बुढानीलकण्ठ निवासमा बाँझाबाझ नै समेत भएको थियो । देउवाले उपेन्द्रलाई निधिले प्रस्ताव नमानेको बताएपछि निधिसँग कुरा गरेर फकाउन गरेको आग्रहका आधारमा उपेन्द्र बिहान निधिको बानेश्वरस्थित निवास पुगेका हुन् ।
भेटमा निधिले कांग्रेसलाई यसपटक मुख्यमन्त्रीमा सहयोग गर्न उपेन्द्रसाग प्रस्ताव राखेका थिए । ‘जसपाले तीन वर्ष मुख्यमन्त्री चलाइसक्नु भयो, अब कांग्रेसलाई मुख्यमन्त्री बनाउन सहयोग गर्नुस्,’ विमलेन्द्रले निधिसँग प्रस्ताव गरेका थिए । निधिले प्रदेश सभामा जसपा विभाजित भएपछि कांग्रेस ठूलो दल हुने भएकाले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्नु पर्ने धारणा राखेको निधिको सचिवालयले जनाएको छ ।
तर, यादवले भने मुख्यमन्त्री आफूहरूलाई छोडेर अन्य मन्त्रालय कांग्रेसलाई रोजेर लिन आग्रह गरेका थिए । ‘हामीले केन्द्रमा शेरबहादुर जीलाई प्रधानमन्त्री बनाउन र गठबन्धनमा सहयोग गरिरहेका छौँ, प्रदेशमा मुख्यमन्त्री हामीलाई छोडिदिनुस्, अन्य मन्त्रीहरु रोजेर लिनुस्,’ उपेन्द्रले निधिसँग प्रस्ताव गरेका थिए । तर, उपेन्द्रको त्यस्तो प्रस्तावमा निधि सहमत देखिएका छैनन ।
निधिले यस विषयमा पार्टीमा आफ्नै सभापतिसँग समेत कुरा नमिलिरहेको र छोड्न नसक्ने अडानमा आफू रहेको जवाफ फर्काएर पठाएका थिए । ‘तैपनि म अझै सभापतिसँग पनि छलफल गर्दैछु, तपाई पनि गर्नु होला, कांग्रेससँग ३० सिट छ, तपाईहरूसँग १९,’ निधिले उपेन्द्रसँग भनेको भनाई उदृधत गर्दै उनको सचिवालयले भन्यो, ‘मिलेर जाने हो भने यसपटक कांग्रेसलाई नै मुख्यमन्त्री बन्ने बाटो खोलिदिउ, सहयोग गर्नुस् ।’
निधिले अडान नछोडेपछि उपेन्द्र र निधिबीचको वार्ता निष्कर्षविहीन भएको थियो । कुरा नमिलेपछि उपेन्द्र सीधै निवास पुगेर जनकपुर लागेका छन् ।
‘फेरि छलफल गर्ने भन्दै उपेन्द्र जी जानु भयो, उहाँहरूका बीचमा बिहान ९ देखि १२ बजेसम्म छलफल हुँदा पनि निष्कर्ष केही निस्केन,’ निधिको सचिवालयले जानकारी दिएको छ ।
कांग्रेसमै प्रदेश २ को सरकार जसपाका उपेन्द्र पक्षको नेतृत्वमा छोड्ने वा आफ्नै नेतृत्वमा सरकार बनाउने भन्नेमा दुई मत छ । सभापति देउवाले केन्द्रको गठबन्धन अहिले भत्काउन नहुने र ओली र महन्थ पक्षसँग सत्ता सहकार्य हुन नसक्ने निधिलाई बताएका थिए ।
तर, निधिले सरकार गठन हुँदा पार्टीलाई फाइदा पुग्ने भएकाले जोसँग सहमति बन्छ, उनीहरूकै बीचको गठबन्धन बनाएर सरकारको नेतृत्व छोडन नहुने अडान लिइरहेका छन् ।
















बाँकेमा एचपिभी खोप लगाउन सुरु
24 days left to go for HoR Polls: EC focuses on voter’s education programme
One killed, two injured as three motorcycles collide
दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
काभ्रेमा दलित उम्मेदवार छैनन्
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया