ललितपुरले कोरोनाबाट निधनका परिवारलाई एक लाख सहयोग प्रदान गर्ने
ललितपुर । जिल्लाको महानगरपालिकाले कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार कोभिड १९ विषयक पत्रकार सम्मेलन गर्दै महानगरका प्रमुख चिरीबाबु महर्जनले जिल्लामा स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड १९ संक्रमित भई निधन भएमा उनका परिवारलाई प्रति मृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जनाएका छन् ।
आइसियू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरूलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड १९ जितेकाहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने महानगरका प्रमुख महर्जनले जनाए । महानगरबाट सहयोग लिनका लागि सिफारिस पत्रलगायत आवश्यक कागज आवश्यक पर्ने जनाइएको छ ।
महानगरभित्रका प्रत्येक वडामा पिसिआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको र महानगरले अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गरेको प्रमुख महर्जनले बताए । वडा नं. २६ सुनाकोठीस्थित नेपाल युथ फाउण्डेसनको पोषण पुर्नस्थापना गृहमा एचडियुसहितको ५० शय्यको आइसोलेसन सेन्टर र वडा नं. ४ स्थित बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा १० शय्याको आइसोलेसन सेन्टर मनोसामाजिक परामर्श, पौष्टिक र सन्तुलित खानाको निःशुल्क व्यवस्थासहित सञ्चालन गरिएको महानगरका प्रमुख महर्जनले बताए ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया