ललितपुरले कोरोनाबाट निधनका परिवारलाई एक लाख सहयोग प्रदान गर्ने
ललितपुर । जिल्लाको महानगरपालिकाले कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार कोभिड १९ विषयक पत्रकार सम्मेलन गर्दै महानगरका प्रमुख चिरीबाबु महर्जनले जिल्लामा स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड १९ संक्रमित भई निधन भएमा उनका परिवारलाई प्रति मृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जनाएका छन् ।
आइसियू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरूलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड १९ जितेकाहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने महानगरका प्रमुख महर्जनले जनाए । महानगरबाट सहयोग लिनका लागि सिफारिस पत्रलगायत आवश्यक कागज आवश्यक पर्ने जनाइएको छ ।
महानगरभित्रका प्रत्येक वडामा पिसिआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको र महानगरले अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गरेको प्रमुख महर्जनले बताए । वडा नं. २६ सुनाकोठीस्थित नेपाल युथ फाउण्डेसनको पोषण पुर्नस्थापना गृहमा एचडियुसहितको ५० शय्यको आइसोलेसन सेन्टर र वडा नं. ४ स्थित बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा १० शय्याको आइसोलेसन सेन्टर मनोसामाजिक परामर्श, पौष्टिक र सन्तुलित खानाको निःशुल्क व्यवस्थासहित सञ्चालन गरिएको महानगरका प्रमुख महर्जनले बताए ।









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया