मन्त्री मण्डल पुनर्गठन : श्रीमती ‘आउट’, श्रीमान् ‘इन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्री मण्डल हेरफेर गरेका छन् । यस क्रममा ओलीले नेकपा एमालेबाट मन्त्री भएका ४ जनाबाहेक सबैलाई हटाएर जनता समाजवादी पार्टी (जसपा)सहितको मन्त्री मण्डल गठन गर्ने भएका हुन् ।
यस क्रममा प्रधानमन्त्री ओलीले व्यापारी उपेन्द्र महतोकी बहिनीसमेत रहेकी जुली महतोलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पदबाट हटाएका छन् । तर, उनका श्रीमान् रघुवीर महासेठलाई ओलीले शक्तिशाली मानिने मन्त्रालय परराष्ट्रको जिम्मेवारी दिने भएका छन् ।
नेकपा एमालेमा पार्टी विवाद उत्कर्षमा पुग्दै गर्दा महासेठ र महतो दम्पती नेता माधव नेपाल निटक देखिएका थिए । उनीहरू नेता नेपाल पक्षले राख्दै आएको आम सभामा समेत उपस्थित भएका थिए । तर, दुई जनामध्ये एक जनालाई मन्त्री बनाउनु पर्ने सर्तमा ओली पक्षमा लागेका थिए ।
प्रधानमन्त्री ओलीले आज शुक्रबार मन्त्री मण्डल हेरफेर गर्दै गर्दा एकै परिवारका श्रीमती पदबाट बाहिरिदै गर्दा श्रीमान् मन्त्री बन्ने भएका हुन् ।
नयाँ मन्त्री मण्डलमा जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र २ जना राज्य मन्त्री बन्ने भएका छन् । नयाँ मन्त्रीहरूलाई आज राति ८ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया