गैंडाकोटमा मकै खेती प्रवर्दन गर्न अनुदान

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोट नगरपालिकाले मकै खेतीको प्रवर्दनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ ।
गैंडाकोटमा मकै खेती प्रवर्दनका लागि नगरपालिकाले करिब ३६ लाख रुपैयाँ उपलब्ध गराउने भएको हो । पछिल्लो समय जिल्लाको यहाँको नगर क्षेत्र मकै पकेट क्षेत्रका रुपमा प्रख्यात छ ।
मकै प्रवर्दनका लागि गैंडाकोट नगरपालिका र विनायक कृषि सहकारी संस्थाबीच सम्झौता भएर अनुदान वितरण गर्न लागिएको हो ।
नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत संघीय मकै प्रवर्दन कार्यक्रम अनुसार मकै खेती गर्नका लागि सहकारीसँग सम्झौता गरेर किसानलाई अनुदान उपलब्ध गराएको नगरप्रमुख छत्रराज पौडेलले बताए ।
कृषि सहकारीसँग भएको सम्झौताअनुसार नगर क्षेत्रको कम्तिमा ४६० हेक्टर क्षेत्रफलमा मकै खेती लगाएको हुनुपर्ने उनले बताए ।
मकै खेती लगाए वापत नगरपालिकाको तर्फबाट ३५ लाख ८८ हजार रुपैयाँ विनायक कृषि सहकारीलाई उपलब्ध गराउने गरी सम्झौता गरिएको नगरप्रमुख पौडेलले बताए । ३० बिघा क्षेत्रफललाई एउटा क्लस्टर बनाएर मकै खेती गर्नुपर्ने सम्झौतामा जनाइएको छ ।
सम्झौता गरिएको सहकारीले क्लस्टरअनुसार मकै खेती व्यवस्थापन गर्नुपर्ने छ । अनुदान लिन चाहने कृषकको जग्गाको पुर्जाको प्रतिलिपि अनिवार्य गरिएको छ ।









पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा
नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु
एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया