सरकारबाट बाहिरिए लगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका प्रदीप ज्ञवालीले मन्त्री हुँदा के के जोडे त ?

काठमाडौं । सरकारबाट बाहिरिएसँगै ततकालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
शुक्रवार पदमुक्त भएलगत्तै उनले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको विवरणअनुसार मन्त्रीबाट हट्दा उनको खातामा सात लाखभन्दा बढी बचत छ ।
उनले लेखेका छन्, ‘हाल मेरो खातामा ७,४१,७७५.६० रुपैयाँ बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।’
मन्त्री बनेको अविधिमा आफूले ९ लाखभन्दा बढी लेभी पार्टीलाई बुझाएको उनले बताएका छन् ।
उनले लेखेका छन् ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमणवापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक वापतको ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीवापत ३ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको छ ।’
आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) हिजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास शनिवार छाड्ने उनले बताएका छन् ।
ज्ञवाली ३० फागुन २०७४ मा परराष्ट्रमन्त्री नियुक्त भएका थिए ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रतिक्रिया