जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला। जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोेबाट वन क्षति भएको छ । डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र करिब ३३० दशमलव २८ हेक्टर वन जङ्गल डढेलोबाट क्षति भएको बताए ।
चालु आर्थिक वर्षको ८ महिनासम्म यहाँका आठवटै स्थानीय तहका विभिन्न ६ वटा स्थानमा डढेलो लागेको छ । अनुमानित १०० हेक्टर क्षेत्रमा डढेलोबाट वन क्षति भएको छ डिभिजन वन कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ ।
कार्यालयको आयोजनामा भएको वन सुरक्षा समन्वय समिति तथा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम बोल्दै कार्यालय प्रमुख बुढ्थापाले वन डढेलो नियन्त्रणमा प्रभाकारिता, तीनै तहका सरकार र समुदायको सहभागिता भन्ने मूल नारासहित जुम्लामा वन डढेलो नियन्त्रणसम्बन्धी साप्ताहिक कार्यक्रम यही चैत १ देिख ७ गतेसम्म विभिन्न कार्यक्रम गरिने डिभिजन वन कार्यालय जुम्लाका प्रमुख बढ्थापाले जानकारी दिए।
बर्सेनि गर्मीयाममा हुने डढेलोले वन क्षेत्रमा क्षति पु¥याउँदै आएको छ । दमकल नपुग्ने विकट क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न भने समस्या देखिने गरेको छ । वन संरक्षणमा सामुदायको महत्वपूर्ण भूमिका रहने सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले जानकारी दिए।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया