सूर्य जलाएर !
एकदेव अधिकारी
२०७८ जेठ २२ गते १७:३८

भो ! कुरा नगरम् पीडाका
प्रताडनाका अनि शर्मका
लाजका, घृणाका र उन्मादका
प्रतिज्ञा अथवा प्रतिबद्धताका
अनि कुरा नगरम् आदर्शका वा
स्वपनाका जो तिमीले बाडेका थियौ ।
जहाँ तिमी उभिएका थियौ
र, उभ्याएका थियौ हामीलाई,
एउटा चट्टानी स्वाभिमानको शिखरमा
भत्काएर त्यही सबै जे थियो
धुलाम्य बनाई सकेपछि
भो ! कुरै नगरम् तिम्रो पौरूषत्व र वीरताको ।
छिन्नभिन्न पारेर गर्विला गाथाहरू
धुजाधुजा पारेर रक्तरञ्जित इतिहास
अलापेर फेरि भक्ति गानहरू
भो ! नसुनाऊ अब ती आदर्शहरू
अनि यी चर्तिकलाहरू
यी अर्तिकलाहरू निरन्तर
शिष्यहरूले गरेकै छन् नि जयजयकार
गाएकै छन् भजन र स्तुति
त्यसैले भो नसुनाऊ अब ती
बहादुरी र विभिषिकाहरू ।
किनकी जसले
दिउँसै रात पारे
अनि, अन्धकारलाई प्रेम गरे
जसले सूर्यलाई जलाए
र खरानी हात पारे
त्यसैले
भो ! अब कुरै नगरम्
यी बेशरमका बातहरू
भो ! अब कुरै नगरम्
तिम्रा बाध्यताका
रातहरू ।
सम्बन्धित













कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया