सोमबार, चैत ९, २०८२

पार्टी गठनकाे निर्णयमा पुग्न सकेन खनाल-नेपाल समूह

सर्वाेच्चकाे फैसला नआउँदा सम्म कुर्ने

मेरोन्यूज २०७८ जेठ २२ गते १९:५६

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह पार्टी गठनकाे निर्णयमा पुग्न सकेकाे छैन । अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध विच्छेद गर्ने कि ओलीसँग रहने भन्ने विषयमा निर्णयमा पुग्न भनेर बिहीबार र शुक्रबार बसेकाे खनाल-नेपाल पक्षीय केन्द्रीय समिति बैठकले समेत स्पष्ट खाका काेर्न नसकेपछि शनिबार स्थायी कमिटी बैठक बसेकाे थियाे ।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार बसेकाे स्थायी कमिटी बैठकले पनि ठाेस निष्कर्ष निकाल्न सकेन । बैठकमा विभिन्न विषयमा सदस्यहरूले धारणा राखेका थिए । अधिकांशले अब ओलीसँग सँगै बस्न नसक्ने अवस्था पैदा भए पनि तत्काल नयाँ पार्टी खाेल्ने निर्णयमा पुग्न हतार गर्न नहुने बताएका थिए ।

स्थायी कमिटीका सदस्यबीच गामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा सर्वाेच्च अदातलकाे फैसला एपछि मात्र निर्णय लिनुपर्ने निष्कर्षमा पुगेकाे एक स्थायी कमिटीका सदस्यले बताए ।

बैठकले एकता वार्ताका लागि पाँचबुँदे सर्तसमेत अघि सार्ने भएको छ। ११ जना सांसदमाथिको कारबाही फुकुवा हुनुपर्ने, पार्टीका नेताहरूमाथि गरिएको कारबाही फिर्ता हुनुपर्ने, संसद् विघटनका विषयमा ओलीले सार्वजनिक रूपमा माफी नमागेसम्म वार्ता नगर्ने बैठककाे निर्णय छ ।

प्रतिक्रिया