८१ पुरिया ब्राउन सुगरसहित चार पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर सुर्खेतबाट उनीहरुलाई ८१ पुरिया ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालक महिलासहित चार जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा अन्दाजी ५२ वर्षीया होटल सञ्चालक महिला विष्णुदेवी शाही, गुराँस गाउँपालिका–५ दैलखका २१ वर्षीया सरु शाही, वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतका गौरव क्षेत्री र वडा नं ९ सुर्खेत निवासी प्रदीप खत्री छन् ।
प्रहरीका अनुसार होटलमा सल तथा फ्यानमा लुकाइछिपाइ राखेको अवस्थामा खोजतलास गर्दा ८१ पुरिया ९सात ग्राम ४५० मिलिग्राम० ब्राउन सुगर भेटिएको थियो ।
साथै पाँचवटा प्रयोग नभएको नाइट्रोभेट ट्याब्लेट र स्रोत नखुलेको विभिन्न दरका नेपाली र भारतीय नोट तथा रु पाँच लाख आठ हजार २०० बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
उता लागुऔषधसहित कञ्चनपुरबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले दोधारा चाँदनी नगरपालिका–१ पक्की पुलस्थित भारतको उत्तराखण्ड राज्यको जिल्ला चम्फावत ग्राम भजनपुर बस्ने २१ वर्षीय अमन चन्दलाई ११ दशमलव ८७ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो । चन्दले चढेको भारतीय युके०६एइ९७५८ नंको मोटरसाइकलसमेत बरामद गरेको छ ।
यसैगरी दोधारा चाँदनी नगरपालिका–६ बस्ने १८ वर्षीय आदीप मगर र सोही ठाउँ बस्ने १८ वर्षीय सार्थक शर्मालाई ६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।
दुवै जनाले प्रयोग गरेको सुप प्रदेश०२००३प ३८०० नंको मोटरसाइकलसमेत बरामद गरिएको छ ।
पुनर्वास नगरपालिका–६ ‘ङ’ गाउँ बस्ने २३ वर्षीय मनोज सुनार र कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २३ वर्षीय तेज विकलाई लागुऔषध नेट्राभेट ३४ ट्याबलेट र स्पामोबोकाप्लस १८ ट्याबलेटसहित सीमा क्षेत्रबाट पक्राउ गरिएको छ ।















‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’
कुनै डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल
विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
मौसम धुम्म भइन्जेल सचेत रहन आग्रह
निर्वाचन सफल गरेकामा नेपाललाई इजरायलको बधाई
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
प्रतिक्रिया