प्रतिनिधीसभा विघटन विरुद्धको मुद्दा हेर्न यस्तो बन्यो संबैधानिक इजलास
चौथो र पाँचौं वरियताका न्यायाधीसहरु क्रमशः हरिकृष्ण कार्की र विश्वभरप्रसाद श्रेष्ठ संबैधानिक इजालसमा परेनन

काठमाडौं । प्रतिनिधीसभा विघटन विरुद्दको मुद्धाको संबैधानिक इजालसमा आज देखि सुनुवाई हुदैछ । संबैधानिक इजालस प्रधानन्यायाधीस चोलेन्द्र सम्शेर राणाले पूर्नगठन गरेका छन् ।
पूर्नगठित इजालसमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन् ।
यो मुद्दामा सुनुवाई गर्न यस अगाडी प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाको अध्यक्षतामा ५ सदस्यीय संबैधानिक इजालस बनेपनि इजालसमा रहेका न्यायाधीस तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागीतामा रिट निवेदकका वकिलहरुले प्रश्न उठाएपछि गठित संबैधानिक इजालस नै विभाजित भएको थियो ।
तत्कालिन नेकपाको मुद्दाका विषयमा दिएको फैसल्लाका कारण प्रतिनिधीसभा विघटनको मुद्दामा न्यायाधीसद्दय केसी र श्रेष्ठले सुनुवाईमा बस्न मिल्नेरनमिल्ने विवादका वीच गठित संबैधानिक इजालसकै न्यायाधीसहरु विभाजित भएका थिए ।
प्रश्न उठेपछि केसी र श्रेष्ठले इजालस छोडिदिनुपर्ने राय दीपककुमार कार्की र आनन्दमोहन भटटराईले राखेका थिए । तर केसी र श्रेष्ठले इजालस नछोडने अडान लिएपछि कार्की र भटटराईले आफुहरु वाहिरिने बताएपछि संबैधानिक इजालस नै भताभंगु भएको थियो ।
त्यसपछि प्रधानन्यायाधीस राणाले संबैधानिक इजालस गठन नियमावली सर्वोच्चको सवै न्यायाधीस सम्मिलित फुल बेन्चमार्फत संसोधन गर्ने र त्यसलाई न्याय परिषद्को बैठकबाट अनुमोदन गराएर वरिष्ठताका आधारमा संबैधानिक इजालस गठन गर्ने प्रस्ताव राखेका थिए । तर सर्वोच्चको फुल बेन्चले वरिष्ठताका आधारमा संबैधानिक इजालस गठन गर्न नियमावली बाधक नरहेको निश्कर्ष दिएपछि प्रधानन्यायाधीसको नियमावली संसोधनको प्रस्ताव त्यक्तिकै पाखा लागेको थियो ।
त्यसपछि आज प्रधानन्यायाधीस राणाले इजालस पूर्नगठन गरेका हुन् । राणाले गठन वरिष्ठताका आधारमा न्यायाधीसहरुलाई राखेर संबैधानिक इजालस गठन गरेका हुन् ।
राणाको अध्यक्षतामा इजालसमा रहेका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की दोस्रो नम्वरमा, न्यायाधीश मीरा खड्का तेस्रो नम्वरमा र ईश्वरप्रसाद खतिवडा छैटौं नम्वरमा र आनन्दमोहन भटटराई सातौं नक्वरमा रहेका न्यायाधीस हुन् ।
चौथो नम्वरमा रहेका न्यायाधीस हरिकृष्ण कार्की र पाचौं नम्वरमा रहेका न्यायाधीस विश्वभरप्रसाद श्रेष्ठ इजालसमा समेटिएका छैनन ।
न्यायाधीस हरिकृष्ण कार्की प्रधानमन्त्री केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दा महान्यायाधीवक्ता रहेको र त्यही कारण उनले यस मुद्धामा सहभागी हुन नहुने तर्क पहिलो पटक संसद भंग भएको बेलामा पनि उठेपछि उनी आफैले सम्वैधानिक इजालस छोडिदिएका थिए । सोही कारण उनलाई अहिले राखिएको छैन ।
त्यस्तै पाचौं नम्वरमा रहेका न्यायाधीस विश्वभरप्रसाद श्रेष्ठ कोरोनाका कारण आइसोलेसनमा छन् । उनी पनि सहभागी नहुने भएपछि अर्का न्यायाधीस आनन्दमोहन भटटराईले स्थान पाएका हुन् ।










एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
रास्वपा केन्द्रीय समिति बैठक जारी
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
सुदूरपश्चिमविरुद्ध पहिला बलिङ गर्दै काठमाडौं
एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया