ओलीले आज पुनः मन्त्रिपरिषद विस्तार गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को विस्तार गर्न लागेका छन् । एमाले एक नेताका अनुसार ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्ति गर्ने लागेका हुन् ।
मन्त्रिपरिषद विस्तारको विषयमा अहिले बालुवाटारमा छलफल भइरहेको एमालेका नेताले बताए । आज हुने मन्त्रिपरिषद विस्तारमा रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राख्ने सम्भावना छ । बाँकी मन्त्रीहरु आजै नियुक्त गरेर आज साँझ सपथ ग्रहण गर्ने तयारी भइरहेको छ ।
आज मन्त्री हुनेमा महेश बस्नेत, खगराज अधिकारी, पार्वती बिसुंखे र राजबहादुर शाहीको नाम चर्चामा छ । यस्तै, कर्ण थापा, विशाल भट्टराई र राजेन्द्र राई, विद्या भट्टराईको नाम पनि चर्चामा छ । निवर्तमान सांसद नारदमुनि राना मन्त्री बन्ने लगभग पक्का भएको छ । राना कैलालीबाट काँग्रेस नेतृ आरजू राणालाई चुनाव हराएर सांसद भएका हुन् ।
यस्तै एमाले स्रोतका अनुसार माओवादी छाडेर एमालेमा लागेका नेतालाई पनि मन्त्रिपरिषद्मा समेट्ने तयार भइरहेको छ ।
















युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया