ओली पक्षका वकिललाई मानहानीको मुद्दा चलाउने प्रधानन्यायाधीशको चेतावनी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ओली पक्षका वकिलले निवेदन फिर्ता नलिए मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् । संवैधानिक इजलासमा ओली पक्षका वकिल राजाराम घिमिरेले न्यायाधीशहरूले मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएका थिए ।
उक्त निवेदन फिर्ता लिन आग्रह गर्दै राणाले नलिए मानहानीको मुद्दा चलाउने चेतावनी दिएका हुन् । राणाले संयमित हुन सबैमा अनुरोध गर्दै निवेदन फिर्ता नलिए कठिन रुपमा मानहानीको मुद्दा चलाउने बताएका हुन् । उनले इजलासको मर्यादा कायम राख्नुपर्ने र इजलासको विश्वास पनि गर्नुपर्ने बताए ।
इजलासमा राजारामसहित यज्ञमणि न्यौपाने र दीपक मिश्रले पुरक निवेदन लगेका हुन् । राजारामले निवेदन दर्ता नै हुनुपर्ने जिकिर गरेका छन् । राणाले आइतबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए ।
संवैधानिक इजलासमा राणासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
प्रतिक्रिया