सरकार पक्षका वकिल धेरै बोल्न खोजेपछि न्यायाधीशले भने : अब निवेदक पक्षको कुरा सुनौँ

काठमाडौँ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनलगायत मुद्दाबारे सवाल जवाफ भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरूले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईमाथि प्रश्न उठाएका छन् ।
उनीहरूले यसअघि नै अहिलेका मुद्दामा राय दिइसकेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठाएका हुन् । यसप्रति जवाफ दिँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सबै न्यायाधीशले मुद्दा हेर्न नमिल्न भन्नु कसुरजन्य कुरा भएको बताएका थिए ।
खाजापछिको बसहमा समेत सरकारी वकिलले कुरा गर्न उठेपछि न्यायाधीश ईश्वर खतिवडाले रिट निवेदकका पक्षको वकिलको कुरा सुन्ने भन्दै उनीहरूलाई बस्न लगाएका थिए । ‘जे भइरहेको छ, हामीलाई कम्फरटेबल भइरहेको छैन, तपाईंहरूको कुरा धेरै भयो, अब निवेदक पक्षको कुरा सुनौँ,’ उनले भने ।
न्यायाधीश खतिवडाले सरकार पक्षका वकिललाई बस्न भनेपछि रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले बहस गरिरहेका छन् ।
















फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया