क्षेत्रपाटीस्थित थोक बजारमा औषधी खरिद गर्नेको भीड (फोटो फिचर)
जुली गिरी
२०७८ जेठ २४ गते ९:५९

काठमाडौं । निषेधाज्ञा बेला पनि भीडभाड हुने यो ठाउँ हो, क्षेत्रपाटी। यो काठमाडौंको औषधि थोक बजार हो । यहाँ आएपछि औषधी किन्न आउनेको भीडले निषेधाज्ञा छ भन्ने नै भुलाउँछ ।
अरूतिर पसलमा चौबीसै घन्टा ताल्चा लागेका बेला यहाँ बिहान १० बजे नै धमाधम सटर खुल्छन्। व्यापार अरू बेलाजस्तै छ।
क्रेताहरू सामान किनिरहेका हुन्छन्, बिक्रेता बेचिरहेका हुन्छन्। सामान किनबेच र ओसार पसारले गर्दा चहलपहल निकै हुने गरेको छ ।
कतै सामान लोड भइरहेका छन्, कतै अनलोड गरिँदैछ। अहिले कोरोना संक्रमणबाट बच्न मास्क, स्यानिटाइजर, अक्सिमिटरदेखि विभिन्न किसिमका औषधिको माग बढेको छ।
उपत्यकाभित्र र बाहिरबाट समेत माग आउने क्रम बढेको बिक्रेता बताउँछन्। क्षेत्रपाटीका यी थोक पसलबाट देशभरका अस्पताल र मेडिकलमा औषधि आपूर्ति हुँदै आएको छ।












जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया