४८ हजारले लगाए कोरोनाविरुद्धको खोप

भक्तपुर । भक्तपुरका ४८ हजार २५७ जनाले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप ९भेरोसेल०को दोस्रो मात्रा लगाएका छन् । जिल्लाका चार नगरपालिकामा सञ्चालित दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत सो संख्यामा खोप लगाइएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार खोप कार्यक्रममा सूर्यविनायकमा १२ हजार ४५२ , मध्यपुरथिमिमा ११ हजार ३१९ , भक्तपुरमा १६ हजार ३४७ र चाँगुनारायणमा ८ हजार १३९ जनाले खोप लगाएका छन् । भेरोसेलको पहिलो मात्रा लगाउने १८ वर्षमाथिका नगरबासीलाई खोप लगाइएको थियो । जिल्लामा हालसम्म कोरोना भाइरस संक्रमितको सङ्ख्या २० हजार ६१३ पुगेको छ ।
ती मध्ये ११ हजार २८५ पुरुष र ९ हजार ३२८ महिला छन् । सक्रिय संक्रमितको सङ्ख्या एकहजार २५९ छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोनाबाट २७० जनाको मृत्यु भएको छ । ती मध्ये १७४ पुरुष र ९६ महिला छन् । रासस










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया