४८ हजारले लगाए कोरोनाविरुद्धको खोप

भक्तपुर । भक्तपुरका ४८ हजार २५७ जनाले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप ९भेरोसेल०को दोस्रो मात्रा लगाएका छन् । जिल्लाका चार नगरपालिकामा सञ्चालित दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत सो संख्यामा खोप लगाइएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार खोप कार्यक्रममा सूर्यविनायकमा १२ हजार ४५२ , मध्यपुरथिमिमा ११ हजार ३१९ , भक्तपुरमा १६ हजार ३४७ र चाँगुनारायणमा ८ हजार १३९ जनाले खोप लगाएका छन् । भेरोसेलको पहिलो मात्रा लगाउने १८ वर्षमाथिका नगरबासीलाई खोप लगाइएको थियो । जिल्लामा हालसम्म कोरोना भाइरस संक्रमितको सङ्ख्या २० हजार ६१३ पुगेको छ ।
ती मध्ये ११ हजार २८५ पुरुष र ९ हजार ३२८ महिला छन् । सक्रिय संक्रमितको सङ्ख्या एकहजार २५९ छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोनाबाट २७० जनाको मृत्यु भएको छ । ती मध्ये १७४ पुरुष र ९६ महिला छन् । रासस
















नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया