६० वर्षमा पुग्न लागे राजेश

काठमाडौं । महानायक राजेश हमाल ५७ वर्ष पूरा भई ५८ वर्षमा लागेका छन् । ३२ वर्षे पेशागत रुपमा चलचित्र क्षेत्रमा लागेका महानायक हमालले विभिन्न भूमिकामा खेलेका छन् ।
जुन समयमा राजेश हमालले फिल्ममा प्रवेश गर्ने निर्णय गरेका थिए, त्यसबेला नेपालमा वर्षभरि एउटा फिल्म बन्न पनि मुस्किल थियो । सन् १९८६ मा काठमाडौंमा -यापमा हिँडेर ग्ल्यामरमा प्रवेश गरेका राजेशले कुनै समय एक वर्षमा १२ वटासम्म फिल्ममा अभिनय गरेका थिए ।
फिल्म क्षेत्रमा करिअर खोज्नु मुर्खता मानिथ्यो । यो क्षेत्रमा कसैले भविष्य नै देखेका थिएनन् । त्यही अन्यौलका बीच फिल्म क्षेत्रमा प्रवेशमा गरेका राजेशले तीन दशकमा नेपाली फिल्मका सर्वाधिक लोकप्रिय ‘हिरो’को पयार्य समेत बने । ‘युगदेखि युगसम्म’बाट अभिनेताको रुपमा डेब्यू गरेका हमालले यसपछि करिअर फर्केर हेर्नु परेन । उनी अभिनित भाउजू लगायत दर्जनौं फिल्म चर्चित भएका थिए ।
नेपाली चलचित्र क्षेत्रमा परिवर्तन ल्याउनेमा हमालको नाम अग्रपंतिमा आउने भएकाले महानायक भनिएको जानकारी दिँदै उनका निर्देशक दिनेश डिसीले सामाजिक सञ्जाल फेसबुकबाट जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । उनीसँगै हमाललाई सामाजिक सञ्जालमा ‘सुपरस्टार र महानायक’ले सम्बोधन गर्दै जन्मदिनको शुभकामना दिने क्रम जारी रहेको छ ।
५७ वर्षअघि पाल्पाको तानसेनमा बुबा पूर्व राजदुत चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका कोरोनाका कारण उनले यसपटकको जन्मदिन परिवारका सदस्यसँग घरमै मनाउँदै छन् ।
‘बौद्धिक नायक’को रुपमा चिनिने उनले कक्षा ८ सम्मको शिक्षा काठमाडौंको सेन्ट जेभियर स्कूलबाट, विद्यालय स्तरीय शिक्षा मस्कोबाट र भारतबाट स्नातकोत्तर मेजर अंग्रेजीमा गरेका हुन् । ५८ वर्षमा प्रवेश गरेको महानायक राजेश हमाललाई मेरोन्युजडटकमको तर्फबाट हार्दिक मगंलमय शुभकामना !










एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया