लकडाउनमा ‘ज्योति सिंगिङ स्टार’मा सहभागी बनेर जित्नुहोस् पुरस्कार

काठमाडौँ । गीत, संगीतमा रुची राख्नेका लागि ज्योति म्युजिकले नयाँ अफर ल्याएको छ । लकडाउनको समयमा घरमै बसेर यो अफरको फाइदा लिन सकिनेछ । ज्योति म्युजिकले ‘ज्योति सिंगिङ स्टार’ प्रतियोगिताको आयोजना गर्दैछ । यस प्रतियोगितामा अनलाइनबाट भाग लिन सकिनेछ ।
प्रतियोगितामा नेपाली र नेपाल भाषा (नेवारी भाषा)मा आफ्नो स्वरमा गीत रेकर्ड गरेर पठाउनु पर्नेछ । प्रतियोगीका गीत ज्योति म्युजिकको अफिसियल युट्युव च्यानलमा अपलोड हुने छन् । आयोजकका अनुसार यो प्रतियोगिता चार चरणमा सम्पन्न हुनेछ ।
प्रतियोगितामा १३ वर्षमाथिका देश तथा विदेशमा रहेका नेपालीले भाग लिन सक्ने छन् । अनुभवि निर्णायकले विजयी प्रतियोगीको छनौट गर्ने छन् । ज्योति सिंगिङ स्टार नेपाल भाषा र नेपाली भाषा दुवैतर्फका विजेता प्रथम, द्वितीय र तृतीय गायक, गायिकाले आफ्नो एकल गीत रेकर्ड गर्ने मौका पाउने छन् ।
साथै ६ जना गायक तथा गायिकाका म्युजिक भिडिओ ज्योति म्युजिकले निर्माण गरिदिने छ । उक्त भिडिओ ज्योति म्युजिकको अफिसियल च्यानलमा अपलोड हुने बताइएको छ । साथै ६ जना गायक तथा गायिका अन्य विभिन्न पुरस्कार पनि प्राप्त गर्ने छन् ।
प्रतियोगितामा कसरी सहभागी हुने ?
यस प्रतियोगितामा इमेल वा ह्वाट्स एपमार्फत सहभागी बन्न सकिने छ । इच्छुकले गीत रेकर्ड गरेर यी दुईमध्ये जुनसुकै माध्यममा पठाउन सक्ने छन् । विस्तृत जानकारीका लागि ः आयोजक अमोघ वीर बज्राचार्य ९८४१७१२७७५, मञ्जिल शाक्य ९८४१६९९७६५ मा सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नेछन् ।
आयोजकका अनुसार प्रतियोगिताका सबै सूचनाहरु ज्योती म्युजिकको अफिसियल फेसबुक, इन्स्टाग्रामको पेजमा अपलोड गरिने छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया