मंगलबार, वैशाख १५, २०८३

‘एक चिकित्सक, स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’को कार्यविधिमा गोदानको आपत्ति

मेरोन्यूज २०७८ जेठ २५ गते १८:००
फाइल तस्बिर

काठमाडौं । सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले सरकारले जारी गरेको ‘एक चिकित्सक–एक स्वास्थ्य संस्था’को कार्यविधिमा आपत्ति जनाएको छ।
मंगलबार एक विज्ञप्ति निकाल्दै गोदानले ‘एक चिकित्सक–एक स्वास्थ्य संस्था’ र चिकित्सकको विशेषज्ञतालाई अपव्याख्या गरेको र सो कुराआफुहरुलाई मान्य नहुने जनाएको हो।‘
ठुलो लगानी , लामो समय र सर्वाधिक कडा कोर्स अध्ययन गरेर विश्वव्यापी मूल्याकंन र निजी बजारको माग भन्दा निकै न्युन तलबमा सरकारी सेवामा काम चिकित्सक बाध्य छन्,’ विज्ञप्ती भनिएको छ,‘ स्वास्थ्य सेवा र पारिश्रमिक नै लक्षित गरी सोलाई रोक्न र विशेषज्ञ जनशक्तिलाई सरकारी अस्पतालमा काम गर्न निरूत्साहित गर्ने र सोबाट गलत उठाउने नितिगत रूपमा नियोजित चलखेल भएको छ।’

Advertisement
NiccNicc

‘एक चिकित्सक–एक स्वास्थ्य संस्था’ लागू गर्ने हो भने सोका लागि गठित तत्कालिन अध्यक्ष र महासचिवले समेत सम्मिलित सरकारी समितिले दिएको सुझाव अनिवार्य हुनुपर्ने गोदानले अडान राखेको छ। बिचाराधिन रहेको विषयलाई टुगों लाग्न नदिई हतारमा स्वास्थ्य मन्त्रालयले कार्यविधि लागू गरेको प्रति गोदानले आपत्ति जनाएको छ।

प्रतिक्रिया