अध्यक्ष ठाकुरले निर्वाचन आयोगसँग मागे हप्ता दिन समय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगसँग थप एक साताको समय मागेका छन् । उनले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन आयोगसँग समय मागेका हुन् ।
गत जेठ १८ गते जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरी दलको दर्ता किताबमा रहेको विवरण सच्याउन निर्वाचन आयोगलाई आग्रह गरेका थिए । सोही दिन अध्यक्ष ठाकुरले पनि यादव समूहलाई निष्कासन गरी दलको दर्ता किताबको विवरण सच्याउन आग्रह गरेका थिए ।
गत जेठ १९ गते आयोगले दुवै अध्यक्षलाई पत्र लेखेर सात दिनभित्र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा पेश गर्न आग्रह गरेको थियो । त्यससँगै आयोगले ठाकुरसँग केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारीको हस्ताक्षर पनि माग गरेको थियो ।
उपेन्द्र यादवले अनुसुची १८ बमोजिम फारममा विवरण पठाएको तर ठाकुर पक्षको विवरण प्राप्त नभएकाले थप एक साता समय माग भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरूले एकअर्कालाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र आयोगमा दिँदा केन्द्रीय कार्यकारिणी समितिको निर्णयको हस्ताक्षर बुझाएका थिएनन् ।
तर, यादवले ठाकुरसहितका नेतालाई निष्कासनको निर्णय गरेसँगै केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षरसहित बुझाएका थिए ।









दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
बुधबार घट्याे सेयर बजार
शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया